देशैभरको मौसम बदली, वर्षा र हिमपातको हुन सक्ने सम्भावना
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १४:२५:५
काठमाडौं । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिए ।
मौसमविद् प्रधानाङ्गका अनुसार काठमाडौंसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ, तर ठूलो पानी पर्ने अथवा लगातार पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रधानाङगले बताए ।
यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ । यसैको प्रभावले केही दिनमा नै मौसम बदलिरहेको छ । लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन । महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ ।
यो वर्ष गएको पुस २३ गते काठमाण्डौ उपत्यकामा पहिलोपटक हिउँदे वर्षा भएको थियो । त्यसपछि भने लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार