अमेरिकी बिश्लेषण : चिनियाँ युआन विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १४:५६:११
काठमाडौं । आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ मुद्रा युआन अझै मजबुत अवस्थामा रहने र विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने अमेरिकी अर्थ विश्लेषकहरुले बताएका छन् । अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङका अनुसार विश्वव्यापी सञ्चितिमा आगामी ५१० वर्षसम्म युआनको अहिलेकोको अवस्था ‘दुई प्रतिशत’ बाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्ने देखिएको छ ।
मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैंक र लगानी कोषहरूले सम्पत्ति खरिद गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको उनको विश्लेषण छ । उनले त्यतिवेलासम्म बेलायती पाउन्डस्टर्लिङ र जापानी येनलाई पछि पार्दै चिनिया युआन सञ्चितिका हिसाबले विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने प्रक्षेप्पण गरेका छन् । तर अमेरिकी डलर र यूरो भने युआनभन्दा सधैँ अझै बलिया नै रहने उनको भनाइ छ ।
विश्लेषक सिङको अर्को प्रक्षेपण पनि के रहेको छ भने मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई वर्षभित्रै मजबुत पारिसक्ने दिशामा चीन छ । युआनको विश्व पुँजी बजारमा बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको उनको दाबी छ ।
पछिल्लो समय चीनले वैदेशिक लगानी भित्राउन शेयर बजार तथा प्रतिज्ञापत्र बजारमा विभिन्न कदमहरू चालेको छ, जसले उसको मुद्रा बलियो बन्दै गएको छ । सञ्चितिलाई थप मजबुत पार्न व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्र्याउने चीनको रणनीति रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
असार ३, २०८१ सोमबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार