गैंडाकोट-मौलाकालिका केबलकार संचालनमा, ८० वर्ष माथिकालाई भाडा नलाग्ने
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १३:३६:५१
१ वैशाख, काठमाडौं । नवरपुर (पूर्व)को नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जावतजावतका लागि बनाइएको गैंडाकोट–मौलाकालिका केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्ष २०८० को सुरुवातको अवसरमा पारेर शुक्रबारदेखि संचालनमा ल्याइएको हो ।
केबलकारको उद्घाटन आज बिहान ६ बजे गैंडाकोट नगरपालिका–६ निवासी एक सय वर्षीया सरस्वती कँडेललाई चढाएर गरेका छन् । कँडेललाई तल्लो स्टेशन र प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्साललाई माथिल्लो स्टेशनबाट यात्रा गराएर विधिवत रुपमा संचालन गरिएको हो ।
केबलकार भाडा अहिलेलाई दुईतर्फी मूल्य ५५० रुपैयाँ तोकिएको छ ।
करिब डेढ अर्ब रूपैयाँको लागतमा होटलसहितको केबलकार संरचना बनेका छन् । यसको दूरी एक हजार दुईसय मिटर लामो रहेको छ । केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । रुटमा १२ वटा यात्रु बोक्ने डब्बा (गोन्डुला) र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ भने हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको मुख्य लगानीमा माथिल्लो स्टेशनमा ६० कोठासहितको सुविधा सम्पन्न होटल बन्ने क्रममा रहेको ग्रुपका अध्यक्ष चन्द्रप्रसा ढकालले बताए । होटलको टपमा हेलिप्याड, ५ हजार जना अट्ने सभाहल, सय जनासम्म खेल्ख मिल्ने स्वीमिङ्ग पुल निर्माण हुने उनले बताए ।
अहिले केबलकार यात्रामा बालबालिका, विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका यात्रुहरुका लागि भाडामा छुटको व्यवस्था गरिएको छ । ८० वर्षमाथिका वृद्धवृद्धा र ३ फिटभन्दा तलका बालबालिकहरुको लागि भाडा नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु, किसानलाई राहत
असार २, २०८१ आइतबार
मोहना नदीमा एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार