डेंगी रोकथामका लागि आजबाट सबै कार्यलयमा दश मिनेट अभियान
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार ८:२४:५७
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डेंगी रोकथाम तथा नियन्त्रणका आजदेखि लागि हरेक शुक्रबार १०ः३० बजे दस मिनेट अभियान संचालन हुँदैछ । वैशाख १५ गते शुक्रबारदेखि हरेक शुक्रबार बिहान सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य संचालन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले दश मिनेट कार्यक्रम अनिवार्य सञ्चालन गर्न भनिएको छ । गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्यधिक भएको थियो । हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भएको मन्त्रालयले जनाएको छ । यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसम पूर्व नै संक्रमण बढ्दै गरेको अवस्थामा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
सह प्रवक्ता डा अधिकारीले सबैको प्रयासले माक्रै डेंगी संक्रमण रोकथाम नियन्त्रण गर्न सकिने भएकोले यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरूले आफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय गरिदिन आग्रह गरिएको बताए । उनले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न बचाउन आवश्यक रहेको बताए ।
डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर संलो पानीमा अन्डा फारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू गर्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार