आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १३:४७:५
२२ वैशाख, बीरगञ्ज । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजना, राउण्ड टेबल नेपाल र ईम्प्रुभिङ्ग बीरगञ्जसँगको सहकार्यमा बीरगञ्जस्थित माईस्थान पार्कमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा पेट तथा लिभर रोग विशेषज्ञ – डा. राकेश कुमार झा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ – डा. अस्मिता उपाध्याय द्विेदी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ – डा. रन्जन कुमार झा, फिजिसियन – डा. सरोज रोशन दास, दन्त रोग विशेषज्ञ – डा. राजेश स्वर्णकार र मेडिकल अफिसर – डा. भुनेश कुमार बादललगायतका विशेषज्ञ चिकित्सकहरुको टोलिले उपचार सेवा प्रवाह गरेका थिए ।
शिविरबाट १ सय ८१ जना बिरामीहरुले चिकित्सकीय परार्मश लिएका छन् । शिविरमा नसर्ने रोगका बिरामीहरु सबैभन्दा बढी परार्मश लिन आएका थिए । शिविरमा आएका सबै बिरामीहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत व्यवस्थापन गरिएको थियो । नेशनल हेल्थकेयरको सहयोगबाट प्राप्त हुन आएको औषधीहरु बिरामीहरुलाई निःशुल्क रुपमा बाँडिएको थियो । शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका विद्यार्थीहरुको प्राविधीक सहयोग रहेको थियो ।
हाम्रो समुदायको ठूलो हिस्सा अहिले पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छ । सहज सेवा प्रवाह नहुँदा कतिपयले आफ्नो स्वास्थ्यप्रति पर्याप्त चासो दिन सकिरहेका छैनन् । कयौंले आर्थिक अवस्था कमजोर हुँदा आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेका छैनन्। यो अवस्थाबाट यहाँको समुदाय पनि अछुतो छैन । यसै अवस्थालाई मध्यनजर गर्दै आरोग्यः वृहत स्वास्थ्य शिविर आयोजना गरेका हौं । यस कार्यक्रममा संस्करणहरु जिल्लाका ग्रामीण भेगमा पनि सञ्चालन गरिने योजना छ ।
यहाँको समुदायको स्वास्थ्यसँग सम्बन्धित आवश्यकता र चाहना पनि स्वास्थ्य सेवाको सहज उपलब्धता नै हो । समुदायको आवश्यकता र चाहना हामीले पनि बोध गरेकै छौं । यो समुदायका लागि समुदायकै अभियान हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार