स्वास्थ्यमा गर्भवती र नवजात शिशुको अझै ध्यान पुगेन !
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १२:३७:५
२८ वैशाख, बलेवा । जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको छ ।
गर्भावस्था र सुत्केरी अवस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीे प्रयोग गर्न सुझाउने गरेका छन् । गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने अधिकांशले नियमित आइरन चक्की प्रयोग गर्ने गरे पनि कपितपयले गर्भवती समय घर्किएपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जनचेतनाको अभाव, हेलचक्र्याई र परम्परागत सोचका कारण पनि सबै गर्भवतीले आइरन चक्कीे प्रयोग नगर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।
“यो हेलचक्र्याई हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटक–पटक सुझाउँदासमेत गर्भवतीले आइरन चक्कीे प्रयोग गर्दैनन्” उनले भने । आइरन चक्की मात्रै होइन नियमित गर्भपरीक्षण गर्ने र भिटामिन ‘ए’ खानेको सङ्ख्या पनि कम छ । अठचालिस प्रतिशत गर्भवतीले भिटामिन ‘ए’ प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्याङ्क छ । “विश्व स्वास्थ्य सङ्गठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि चार पटकसम्म जाँच गराउनेको सङ्ख्या नै कम छ” प्रमुख शर्माले भने “गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम पाँच प्रतिशतले मात्र आठ पटकसम्म गर्भ जाँच गराएका छन् ।”
गर्भावस्थामा मात्रै होइन प्रसूति अवस्थामासमेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर तोकिएबमोजिम सुत्केरी अवस्थामा पनि गर्नुपर्ने जाँच नहुने गरेको तथ्याङ्क छ । जिल्लाभर सुत्केरी अवस्थामा गर्भ जाँच गराउनेकोे सङ्ख्या ३० प्रतिशत मात्रै छ ।
“बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनैपर्छ, तर पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्” धौलागिरि अस्पतालका स्त्रीरोग विषेशज्ञ डा विजय ओझाले भने, “बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तस्राव हुने र पाठेघर नखुम्चिने समस्या आउन सक्छन् तर समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।”
जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौँ राम्रा काम गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा सङ्घीय सरकारका कार्यक्रम हुँदाहुँदै पनि नागरिक तहमा रहेको हेलचक्र्याईले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने गरेको छ । जिल्लामा शतप्रतिशत स्वास्थ संस्थामै सुत्केरी हुनेगरे पनि स्वास्थ्यका मापदण्ड पालनमा थुपै्र चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परिवारनियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको विषयमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा सम्बच चिकित्सकको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार