नेपाल रेडक्रसको प्रदेश संरचनामा नेतृत्व चयन (हेर्नुहाेस् नामावली)
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १३:७:३०
0
Shares
![](https://nepalbahas.prixacdn.net/media/albums/redcross_aFz0qqDTyt.jpg)
काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएका छन् । प्रदेश नं. २ , गण्डकी, प्रदेश नं. ५ र प्रदेश नं. ६ मा पहिलो पटक निर्वाचनबाट प्रदेश समितिहरु यसै हप्ता गठन भएका र ती प्रदेश समितिहरुमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन् ।
नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन पोखरामा सम्पन्न भएको छ । नवनिर्वाचित समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए । यसैगरी, कोषाध्यक्षमा लमजुँगका नारायण प्रसाद घिमिरे, उपमहासचिवमा स्याङजाका सुनिलकुमार अर्याल, उपकोषाध्यक्षमा हिराबहादुर थापा, महिला सदस्यहरुमा मुस्ताङकी पुष्पा शेरचन र फुलमाया गुरुङ निर्वाचित हुनुभयो । खुल्ला सदस्य तर्फ हिमाल प्रसाद शर्मा, धनेश्वर रेग्मी, वर्दघाट पूर्व नवलपरासीका केशव प्रसाद सापकोटा र स्याङजाका यज्ञप्रसाद पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै चैत्र २१ र २२ मा महोत्तरीमा सम्पन्न २ नं. प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको छ । महिला उपाध्यक्षमा महोत्तरीकी सरिता सिंह, महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वाचित हुनुभयो । त्यस्तै, सर्लाहीका सुगन्ध प्रसाद गुप्ता, पर्साका सलाउदीन अहमद क्रमश उपमहासचिव र उपकोषाध्यक्ष चयन भएका छन्। महिला सदस्य तर्फ रौतहटकी भुवानी गिरी श्रेष्ठ र बाराकी रुपा अधिकारी चौधरी निर्वाचित हुनुभयो भने खुल्ला सदस्यतर्फ सप्तरीका रामनारायण चौकरी र भवेन्द्र प्रसाद यादव, रौतहटका राज किशोर प्रसाद यादव र शशिभुषण प्रसाद सिंह (सर्लाही) निर्वाचित भएका हुन् ।
चैत्र २० गते ५ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरेको लुम्बिनीमा सप्पन्न ५ नं. प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मा, उपमहासचिवमा दाङका ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल र सदस्यहरुमा कपिलवस्तुका केशव सिह, पाल्पाका कृष्ण अधिकारी, गुल्मीका राधा पन्थी, नवलपरासीका हैदर अलि, रोल्पाका मान बहादुर घर्ती मगर र प्युठानका मिना गिरी रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको प्रथम अधिवेशन र प्रदेश कार्यसमितिको निर्वाचन चैत्र १९ र २० मा बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको र प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत छन् । निर्वाचित सदस्यहरुमा खम्बजंग शाह (जाजरकोट), राम बहादुर बुढा (मुगु), कृष्णकला पाण्डे (कालिकोट), कटक बहादुर शाही (कालिकोट), सुमन बस्नेत (जुम्ला) र गणेश विसी (सल्यान) छन् ।
गत फागुन १८ र १९ गते ललितपुरमा सम्पन्न नेपाल रेडक्रसको विशेष महाधिवेशनले तय गरे अनुरुप यही चैत्र मसान्तसम्म बाँकी ३ वटा प्रदेशमा नेपाल रेडक्रसका प्रदेश समितिको सभा र निर्वाचन हुनेछन् ।
0
Shares
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
असार २, २०८१ आइतबार
नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार