हरिकृष्ण कार्कीविरुद्ध परेको रिट सर्वोच्चले गरेन दर्ता
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १२:३९:४१
१७ जेठ, काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ । संवैधानिक परिषद्सम्बन्धी ऐनबिना नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको हो ।
वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध जेठ ७ गते नै सर्वोच्चमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रिट पेस गरेका थिए । उक्त रिट १० दिनसम्म पनि न दर्ता भएको थियो, न त दरपीठ ।
यसरी सर्वोच्चमा रिट पेस भएको १० दिनसम्म पनि कुनै निर्णय नभएको भन्दै रिट निवेदकले बुधबार दिउँसोका लागि पत्रकार सम्मेलन आह्वान समेत गरेका थिए । तर, सर्वोच्च प्रशासनबाट बुधबार बिहानै उक्त रिट दरपीठ भएको छ ।
नेपालको संविधानको धारा २८४ मा भएको संवैधानिक प्रावधान क्रियाशील नै रहेको धारा २९२ बमोजिमको संसदीय समिति समेत गठन भइसकेको भन्दै रिट दर्ता गराउनु नपर्ने बताइएको छ ।ण्ण्
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै संवैधानिक नियुक्ति गरेका थिए । उक्त अध्यादेश संसद् सुचारु भएको ६ महिनासम्म पनि पारित नभएर स्वतः खारेज भएको थियो । उक्त अध्यादेशपछि संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन नभएको हुनाले रिक्तता रहेको भन्दै रिट निवेदकले उक्त रिट दर्ता गराएका थिए ।
कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषदले गत वैशाख २५ गते सिफारिस गरेको थियो । २७ गते संसद सचिवालयलाई जानकारी गराइएको थियो । सोही दिन संसद सचिवालयले संसदीय सुनुवाइ समितिमा पत्र पठाएपछि सुनुवाइको प्रक्रिया सुरु भएको थियो । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए यही जेठ २६ गतेभित्र दिन आह्वान गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
असार २, २०८१ आइतबार
नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार