प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले मनायो २१औँ वार्षिकोत्सव
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १२:३७:५८
४ असार, काठमाडौं। सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको २१औं वर्ष पार गरी २२औं वर्षमा प्रवेश गरेको छ ।
हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस बर्ष पनि प्रोत्साहनाजले एक कार्यक्रमको आयोजना गरी २१ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ। उक्त अबसरमा बिपना केसी, अप्सरा बुढा, मिनु जिरेल, पन्छु माइ तामाङ, शान्ता तामाङ, कान्ति गैरे, शुसिला नगरकोटी, कमला बज्राचार्य, रोना शाक्य, मनिता श्रेष्ठ, अनुषा बिश्वकर्मा, बिनु श्रेष्ठ, आसमाया तामाङ, रबिशा पहरी र एलिना महर्जनले प्रमाणपत्र प्राप्त गरेका थिए।
प्रोत्साहनाजले सौन्दर्यका पारखीहरूका लागि सेवा प्रदान गर्नाका साथै सौन्दर्य पेसालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत व्यवस्था गर्दै आएको छ ।
जाउलाखेल चोकमा र एकान्तकुना जाउलाखेल ललितपुरमा अवस्थित प्रोत्साहनाजकी सञ्चालक रेनु राना मगरको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा बिसेष अतिथिमा बरिष्ठ सौन्दर्यकर्मी रचना शाक्यको उपस्थिति रहेको थियो। साथै अन्य कलाकारहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
२१ औं वार्षिक उत्सवसम्म आइपुग्दा प्रोत्साहनाजले आठ हजार जना भन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको दाबी गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार