सत्यको खोज ? [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:९:२१
♦ मनिष अर्याल
१४ असार, काठमाडाैं । सत्य के हो ? सबै कुरा सत्य हुन सक्छ त ? सत्य नै पछ्याउनु पर्ने ? सत्य अन्धो पनि हुन सक्छ ? सत्य भ्रम पनि हुन सक्छ ? हो यस्तै सत्य को खोज हेर्न मण्डला थिएटरमा अहिले हिउँ भन्दा चिसो नाटक लागिरहेको छ । सोमनाथ खनालको निर्देशन मा बनेको यो नाटकमा सत्यकै खोज को विषय देखाइएको छ ।
३ पात्रमा खेलिएको यो नाटक सुदूरपश्चिमेलि भाषा र शैली मा खेलिएको देखिन्छ । बजारदेखि दुर्गम गाउ हुन्छ त्यहाँ एक दम्पती मात्र बसेको हुन्छन् । त्यो गाउ बाट सबै सरेर खालि भइसकेको थियो । गोपि (गोविन्द सुनार) , गोपि कि श्रीमती नौरती (रेणु नाथ योगी) र डा. सिद्धान्त (भोलाराज सापकोट) यि तीन पात्र को आफ्नै आफ्नै भुमिका मा एकदम शक्तिशाली देखाइएको छ । सुदूर पश्चिम र खस भाषा को प्रयोग ले यसलाई अझ सुन मा सुगन्ध दिएको देखिन्छ । रित्तो गाउ, सत्यको खोज र आत्माहरुसँग कुदिएको यो नाटक हेर्न चाहि पुग्नै पर्ने देखियो ।
अस्पतालको सहायक कर्मचारी मा गोपि ले आफ्नो अस्पतालको डा. सिद्धान्त लाइ आफ्नो गाउ गोपि र नौरतीको छोरा को उपचार गर्न लगेका हुन्छन् । नौरती को इच्छा ले गोपीले डाक्टरलाई आफ्नो घर लगेको हुन्छ । यसै गरि यो नाटकमा गोपीले आफ्नो श्रीमान को , डाक्टर ले आफ्नो धर्म को र नौरती ले आफ्नो बच्चा प्रतिको भुमिका सबै सम्मान योग्य नै छ । अरू थाहा पाउन नाटक नै हेर्नु पर्छ । मञ्च शृङ्गारसँगै सङ्गीत र प्रकाश को पनि महत्त्वपूर्ण भुमिका रहेको छ ।
नाटकमा धेरै हास्ने देखाइएपनि यसको भित्री साँचो र सत्य एकदमै तितो छ । यो कथा भारतीय लेखक सौरभ शुक्लाको बर्फ भन्ने नाटक बाट प्रभावित भएको भनिएको छ । मण्डला थिएटर को संस्थापक तथा यो नाटक को निर्देशक सोमनाथ खनालको कलाकार छनोट को खुबी यही देख्न सकिन्छ । यो नाटकको अनुवाद नम्रता केसी ले गर्नु भएको छ । मण्डला थिएटरले प्रस्तुत गरेको नाटक साउन १४ गतेसम्म मञ्चन हुने छ।
नेपाली शैली को पनि कर्णाली सेरोफेरो मा ढलेको कथा एकदम तारिफ योग्य छ । डाक्टरले देखेकोसत्य, गोपीको सम्माननीय श्रीमानको कथा र नौरती जुन सत्यमा बाची रहेकी कथावस्तु नेपाली रङ्ग मञ्च मा दर्शकहरु ले हेर्नै पर्ने उदाहरणीय छ । अझ थप हेर्न मण्डला मै गएर हेर्नु पर्ला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलायात्राको २० वर्षे यात्रामा तुलाधरले पाए अपेक्षा नगरेको उपहार
जेठ २९, २०८१ मंगलबार
चित्र बनाउने सीप सिकाउने कलामा रमाइरहेका पवन
जेठ २९, २०८१ मंगलबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
संसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार