बङ्गुर फर्म संचालक ‘नक्कली नोट’ कारोबारमा संलग्न
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १३:३२:२
१९ असार, काठमाडौं । ललितपुरको छम्पिमा बंगुर फर्म चलाउँदै आइरहेका मकवानपुरका प्रशान्त भनिने पासाङ भोम्जन तामाङ नक्कली नोट कारोबारीको आरोपमा पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १५ मा पासाङलाई पक्राउ गरेको थियो । उनको साथबाट ५ सय दरका ८० हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको थियो । उनी १५ वर्ष कतार बसेर आएको खुलेको छ ।
प्रहरीलाई उनले ललितपुरको इमाडोलमा बस्दै आएको बताएपछि कोठा तलासी लिँदा एक थान विस्ताराबाहेक केही फेला पार्न सकेनन् । तर उनकी पत्नी प्रहरीको सम्पर्कमा आउँदा मात्र चापागाउँमा घर रहेको खुलेको छ । इमाडोलका कोठा देखावटी रहेको प्रहरीको दाबी छ ।
लामो समयदेखि अवैध धन्दामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ । तामाङले ठूला दरका नेपाली नक्कली नोट देशबाहिरबाट ल्याउने र नेपालका बजारमा पुर्याउने धन्दा गर्दै आइरहेको पाइएको छ ।
यसपटक उनी ८० हजार नक्कली नोट ३५ हजारमा बेच्न खोज्दा वीरगन्जबाट पक्राउ परेका हुन् । पछिल्लो समय उपत्यकामा नक्कली नोटको कारोबार बढ्न थालेसँगै प्रहरीले निगरानी बढाउँदै लगेको छ । मकवानपुरको गढी नगरपालिका–१ का बासिन्दा तामाङले दोस्रो विहेपछि दुई सन्तान रहेको समेत खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्ध पोखरीमा ‘अभ्यास मनसुन–४’ सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा प्राकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम
जेठ २१, २०८१ सोमबार
द्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
जेठ १४, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार