मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा हुने
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १३:४७:२९
२१ असार, न्यूयोर्क। डायस्पोराको प्रतिष्ठित मध्येको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ। ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको हो।
मिस नेपाल नर्थ अमेरिकाले नेपाली महिलाहरूलाई आफ्नो नेपाली भेष भुषा मौलिक कला संस्कृतिको साथै आफ्नो सामाजिक दायित्व साकार पार्न, आत्मसम्मान बढाउन र रोल मोडल बन्न उपयुक्त अवसर प्रदान गर्दै आएको छ।
प्रतियोगिताको अन्तिम चरणको प्रतिस्प्रधामा आयुष समाल, चाँदनी जोशी, इशा सुवेदी, गृष्मा गौतम, झरना लुइँटेल, जुब्ली शेर्पा, खुश्बु मण्डल, मणिकला गुरुङ, मेजिना महर्जन, रचना पोखरेल, रजिला बास्तोला, रीना श्रेष्ठ, सदीक्षा कार्की, संस्कृति लम्साल, सृष्टि राई, स्मृति श्रेष्ठ, स्नेहा वन र शुभेच्छा कार्की रहेका छन्।
फिनालेमा सहभागी हुन हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, मिस अर्थ २०२० सुप्रिया श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की, अभिनेत्री मिरुना मगर, मिस नेपाल वर्ल्ड(२०१० सदिक्षा श्रेष्ठ, मिस नेपाल वर्ल्ड(२०१५ इभाना मानन्धर, अभिनेता आयुष्मान जोशी, मोडल रेश्मा घिमिरे र मिस नेपाल अर्थ(२०२० सुप्रिया श्रेष्ठ लगायतको सहभागिता हुने ड्रिम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।
मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालको फिनालेमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता यसअघि नै हिडन ट्रेजर र ड्रिम्स युनिभर्सलबीच भइसकेको छ । यसैबीच, ड्रिम्स युनिभर्सल र चिल्ड्रेन अफ युनिभर्सले शिक्षा र स्वास्थ्यजस्ता सुविधाबाट बञ्चित नेपाली बालबालिकाको स्तर सुधार्न सहकार्य गर्ने घोषणा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार