शिवशिखर र तुलसीसहितका निक्षेपकर्ताको १४ अर्ब ६७ करोडभन्दा बढी रकम ठगी भएको प्रहरीको अनुमान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार १७:५८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/igp_7_SyjVQCax40_mwl2Q26Cux.jpg)
२३ असार, काठमाडौं । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको संख्या ११ दशमलव २२ प्रतिशतले बढेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ ।
अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन् ।
साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो संख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् ।
प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए ।
उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन् । सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ । कारबाहीबापत रू ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताए । उक्त अवधिमा रू एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा १० हजार ८५ जना जनशक्ति तयार पारिएको छ । उनीहरुलाई चौबिसै घण्टा परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ । प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र विभिन्न कसुरको अनुसन्धान गर्ने निकायबीच साझा प्लेटफर्मका रुपमा विकास गर्ने प्रारम्भिक समझदारी भएको जानकारी दिएको छ । साथै नेतृत्व तहमा रहेका प्रहरी कर्मचारीबीच समन्वय र निर्णय प्रक्रियामा सामूहिक भावनाको विकास गर्न प्रहरी महानिरीक्षकबाट विभागीय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ ।
निम्न दर्जाका प्रहरी कर्मचारीको चाहनाअनुरुप निवृत्तिभरणका लागि १६ वर्षमा नै अवकाशमा जान पाउने प्रावधानका लागि कानुन संशोधनको प्रस्ताव पेस गरिएको, अपराध अनुसन्धानमा लामो समय एकै ठाउँमा रहेका मुद्दा फाँटका कर्मचारीलाई सरुवा गरिएको, नयाँ भर्नाको दरखास्त प्रणालीलाई सहज बनाउन अनलाइन प्रणालीको विकास गरिएकोलगायत प्रशासनिक काम÷कारबाही सुधार भएको प्रहरीले तीन महिने प्रगति विवरणमा उल्लेख गरेको छ ।
त्यस्तै नेपाल प्रहरीको शोध, अध्ययन अन्वेषण कार्यादेश–२०८० स्वीकृत भएको तथा विशिष्टीकृत जनशक्ति परिचालन कार्यविधि स्वीकृत गरी विशिष्टीकृत तथा वैत्रानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार