विदेशी कुटनीतिज्ञहरु दलाई लामाको कार्यक्रममा सहभागी भएको भन्दै परराष्ट्रको चिठी गृहमा
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १२:३:४०
२४ असार, काठमाडौं । नेपालमा बसोवास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८८ औं जन्मदिन बिहीबार मनाउँदै गर्दा युरोपियन युनियनका सदस्य र अमेरिकी दूतावासका कर्मचारीहरूको सहभागितालाई लिएर परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयसँग जानकारी मागेको छ । तिब्बतबाट निर्वासित धार्मिक नेता लामा बिहीबारदेखि ८८ वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विदेशी कुटनीति नियोगका अधिकारीहरू सहभागी भएको विषयमा परराष्ट्र मन्त्रालयले गृहसँग जानकारी मागेको हो । हालका दलाई लामा १४ औं दलाई लामाका अवतार हुन् ।
जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस) ले गरेको थियो । तिब्बती समुदायले काठमाडौं स्थित स्वयम्भूको नाम्गेल स्कुल परिसरमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने क्रममा कूटनीतिक नियोगका अधिकारीहरू सहभागी भएका थिए । नेपालमा खुला रुपमा स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रम गर्न पाइँदैन । लामा स्वतन्त्र तिब्बतका अनुयायी हुन् । ‘कुटनीतिज्ञहरू त्यहाँ जानुको कारण र कार्यक्रम गर्न दिएको विषयबारे जानकारी माग्दै परराष्ट्रले गृहसँग जानकारी मागेको छ’, मन्त्रालय स्रोतले भन्यो ।
तिब्बती समुदायले तिब्बती परम्परा अनुसार दलाई लामाको तस्विरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए । साे विशेष समारोहमा नेपाल स्थित अमेरिकी, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका थिए । अघिल्लो वर्ष उनीहरूले जाउलाखेलको खुला चउरमा कार्यक्रम गरेका थिए । राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाअनुसार आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको तिब्बती शरणार्थी समुदायका अगुवाले दावी गरेपनि नेपाल सरकारले यस्तो कार्यक्रमलाई प्रतिबन्ध लगाएको छ ।
विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवं निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन् । यो अवसरमा विदेशी नागरिकहरू हरेक वर्ष सहभागी हुँदै आएका छन् । लामा चाहि हाल हिमाञ्चल प्रदेशको धर्मशालाबाट नयाँ दिल्ली हुँदै लद्दाख गएका छन् । लदाख पुगेपछि स्थानीय तिब्बतीले स्वागत गरेको बताइन्छ । उनी गत वर्ष जुलाई महिनामा पनि लदाख भ्रमणमा पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
असार २, २०८१ आइतबार
नेपालले राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्ने
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार