मिस स्टार युनिभर्स २०२३ को शिर्ष उपाधि सृष्टि महर्जनलाई
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १४:५४:४७
२४ असार, काठमाडौं । दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् ।
२२ बर्षिया महर्जनले प्रतियोगीतामा शिर्ष सहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइट समेत हात परेकी छन् ।‘मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफु सफल भएको महर्जनले बताइन् ।
‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिए । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तराष्ट्रिय प्रतियोगतिामा सहभागी हुँदै गर्दा नभर्स पनि थिए । अन्तत सफलता प्राप्त भयो ।’ ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो ।
कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ तर्फ नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगीतामा ‘मिसेन ब्युटिफुल बडी’को उपाधि हात पारिन् । कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो बिधामा अवार्ड हात पारे ।
होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतलाई ताज लगाइदिएका थिए । प्रतियोगीताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।
विजेतापछि नेपाल फर्किएका सबैलाई ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौल, ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले शनिबार नेपालमा स्वागत गर्दै बधाई तथा थप सफलताका लागि शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाहको संख्या बढ्ने
जेठ १३, २०८१ आइतबार
सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : महामन्त्री थापा
जेठ १३, २०८१ आइतबार
गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको ६१औँ प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस हुँदै
जेठ १३, २०८१ आइतबार
भोजपुरको एक मात्र गरस चिया उद्योग
जेठ १३, २०८१ आइतबार