शितल सहकारी पीडित कार्यालय खोज्दै, सञ्चालक रामेश्वरको ठगीधन्दा कायमै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १७:४८:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/sahakari_GQGwgDPJ5h_8QGKu3OEzu.png)
३१ असार, काठमाडौं । सहकारीमा जम्मा गरेको आफ्नो निक्षेप रकम फिर्ता पाउन देशभरिका पीडितहरुले सरकारसँग गुहार गर्दै गर्दा राजधानीका एक सहकारी संस्थाका सञ्चालक भने अझै पनि ठगी धन्दामै सक्रिय छन् । उनले सहकारीमा ठगी गरेको रकम फिर्ता गर्नु त परैको कुरा उल्टै विभिन्न बहानामा ठग्ने गरेको पीडितको गुनासो छ ।
कालीमाटीको महेन्द्र चोकमा रहेको शितल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि महँगो ब्याजको लोभ देखाएर थुप्रै निक्षेपकर्तालाई ठगी गरेको पाइएको छ । विभिन्न व्यक्तिका नागरिकता जोडेर सहकारी सञ्चालनमा ल्याए पनि मुख्य हर्ताकर्ता रहेका रामेश्वर महर्जनले निक्षेपकर्ताको रकम भोलि भोलि भन्दै फर्काउन आनाकानी गरिरहेको पाइएको छ । सहकारीमा होस् वा व्यक्तिगत कर्जा लिएरै भए पनि आफूले विभिन्न ठाउँमा जग्गा जमिन जोड्ने, व्यापार व्यवसायमा लगानी गर्ने तर निक्षेपकर्ताको रकम पचाइदिने नियत रामेश्वर महर्जनले पालेको देखिन्छ ।
आफूले १२ वर्षअघि अर्थात् २०६७ फागुन २० गते एक वर्ष अर्थात् २०६८ फागुन १९ गते परिपक्क हुने गरी १७ प्रतिशत ब्याज पाउने शर्तमा शितल बचत तथा ऋण सहकारी संस्था लि. मा १२ लाख जम्मा गरेको तर आजका दिनसम्म उक्त रकमको न साँवा, न ब्याजको अवस्था रहेको गुनासो मोहनदेवी महर्जनको छ । उनका अनुसार त्यसरी साँवा, न ब्याज हुने सो सहकारीमा थुप्रै रहेको गुनासो उनले गरिन् ।
“जहिले आज आज भोलि भोलि भन्छ, एकै पटक सक्दिन, थोरै थोरै गरेर दिन्छु भन्छ तर, यतिका वर्ष पुगिसक्दा पनि न साँवा, न ब्याज गरिदिँदा आफू औषधी किन्न समेत समस्यामा परेको” उनको गुनासो छ । मधुमेह लगायत रोगबाट पीडित उनले घर बेचेको पैसा उक्त सहकारीमा जम्मा गरेकी हुन् । घरमा पनि त्यही पैसाका कारण बारम्बार झगडा हुने गरेको गुनासो उनको छ । अब कानुनी कारबाही मै जाने उनले बताइन्, 'कति कुर्नु, कति विश्वास मै पर्नु ? उसको दिने नियत नै देखिन्न । अहिले त सहकारीको कार्यालय समेत बन्द छ ।'
मोहनदेवीले भनेजस्तै कालीमाटीको महेन्द्रचोकको सामुन्य एक तलामाथि रहेको शितल बचत तथा ऋण सहकारी संस्था एक वर्ष यता कता छ कता ? कुन अवस्थामा छ ? कसैलाई अत्तोपत्तो छैन । महर्जनको ठगी धन्दाको सुरुवाती गौतम सहकारीबाट भएको हो । सजिलै ठगी गर्न सकिने कायदा बुझेपछि उसले आफ्नै अग्रसरतामा शितल बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएर कालीमाटी, बाफल, कुलेश्वर, ताहाचल, कलंकीलगायतका थुप्रै मानिसलाई समस्यामा पार्न सफल भएका छन् । समाचार स्रोतका अनुसार केही सहकारीलाई समेत महर्जनले ठगी गरेको बताइन्छ ।
सहकारीका नाममा कयौंलाई ठगी गरिसकेका महर्जन पछिल्लो समय घरजग्गा कारोबारका नाममा ठगी धन्दामा सक्रिय छन् । उसको जग्गा खरिदबिक्री, जग्गा राखेर बैंकबाट कर्जा दिलाइदिने जस्ता कामका सिलसिलामा दिनहुँ देश दौडाहा नै चल्छ । यसरी बैंकबाट कर्जा निकाली दिने, कसैलाई जग्गा बेचाइदिने भन्दै ठगी गर्ने गरेको पीडितको गुनासो सँगसँगै शितल बचत तथा ऋण सहकारीमा आफ्नो निक्षेप फसाउनेहरुले महर्जनलाई खोज्दै हिँड्नेको संख्या त कति-कति ? सहकारीमा रकम जम्मा गर्ने निक्षेपकर्ताले दवाव दिन थालेपछि सहकारी बन्द गरेर सम्पर्कविहीन भएका रामेश्वरले पछिल्लो समय बस्ने डेरा समेत फेरेका छन् । सहकारी पीडितको आन्दोलन चलिरहँदा त्यो आन्दोलनको आगोले छुन नसकेको अवस्थाका महर्जन कहिले, कहाँ, कुन पीडितको फेला पर्ने हुन ? समयले नै देखाउला । बोल्न र सिधासोझालाई प्रभावमा पार्न खप्पीस महर्जन पछिल्लो समय सम्पर्कविहीन हुँदै गर्दा थुप्रै प्रहरी कार्यालयमा उनी विरुद्ध उजुरी र गुनासाका चाङ लागेको बताइन्छ ।
त्यसो त चिरीवावु महर्जनको नाती पूर्ण महर्जनको छोरा साविकको सीतापाइला गाविस ४ बस्ने ठेगाना भई हाल वाफल बस्ने रामेश्वर महर्जनले व्यापार व्यवसाय गर्ने भन्दै राजेश्वर नामका अर्का एक व्यक्तिसँग २०७२ माघ १३ गते घरायसी तमसुक गरी लिएको २० लाख पनि आजका दिनसम्म फिर्ता गरेका छैनन् । बढीमा एक वर्षभित्र सावाँ व्याजसहित रकम फिर्ता गर्ने भन्दै घरायसी कागज गरी ऋण लिएका उनै सहकारी सञ्चालक रामेश्वर महर्जनले आफ्नो रकम फिर्ता नगर्दा राजेश्वर पनि उसैको खोजीमा डुलिरहेका छन् । उनले पनि रकम फिर्ता गराउन मुद्दा मामिलामा जाने तयारीमा रहेको गुनासो सुनाए ।
यी त प्रतिनिधि घटना मात्र हुन्, रामेश्वर महर्जनले ठगी गरेका प्रकरणको सन्दर्भमा । यस्ता सयौं ठगी प्रकरणबाट भाग्दै हिँडेका रामेश्वर माथि कस्तो कानुनी कारबाही होला ? प्रतीक्षाको विषय बनेको छ । यसरी ठगिएको रकमबाट उनले आफ्नी श्रीमतीका लागि ठमेलमा पर्यटक पोशाकको पसल र कलंकीमा उद्योग व्यवसाय र विभिन्न स्थानमा जग्गाजमिन जोडेको स्रोतले बताएको छ । यसअघि, हालै विवादमा तानिएको गौतम श्री सहकारीमा पनि रामेश्वर महर्जन आबद्ध रहेको र उक्त सहकारीको नाममा पनि निजले बदमासी गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
म्याग्दीमा सडक कालोपत्र नगरी ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार