नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले बृक्षारोपणकासाथ मनायो ७२ औँ स्थापना दिवश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार २२:२३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/1_TsFuAV5qPl_4U5hCSKTha.jpg)
यज्ञप्रसाद भट्टराई
२४ साउन, झापा । नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ७२ ओै स्थापना दिवश मनाएको छ । झापा जिल्लाको दमक स्थित भट्टराई कुलवंश प्रतिस्ठानको सभाहलमा ओैपचारिक कार्यक्रम सहित प्रतिष्ठानको परिसरमा विभिन्न प्रजातिका फलफुल तथा अन्य गरि झण्डै २५० बिरुवा रोपिएको थियो ।
नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ठ अतिथि नेपाली कांग्रेस झापाका उप–सभापति शेरबहादुर भट्टराई, अतिथिहरु नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशव भट्टराई, कांग्रेस कोशी प्रदेश सदस्य सञ्जय भट्टराई, कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खडका भट्टराई समेतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रसका महाधिवेशन प्रतिनिधिहरु मेदनी प्रसाद सिटौला, राजन ढुंगाना, पर्शुराम ढुंगाना, बिक्रम लिम्बू सहित झापा, मोरङ्ग र सुनसरी जिल्लाका सयौ कांग्रेस नेता तथा कार्यकर्ताहरु, नेपाल किसान संघ कोशी प्रदेश तदर्थ समितिका उपाध्यक्ष भगिरथ शर्मा सुवेदी, प्रदेस सचिव द्वय भविन खड््का, यज्ञप्रसाद भट्टराई नेपाल किसान महासंघ मोरङ्ग जिल्ला अध्यक्ष वसन्त हुँमागाई, लगायत महासंघका प्रदेश सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा नेपाली कांग्रेसका झापा जिल्ला सदस्य कृष्ण धिमाल, झापा क्षेत्र नं. ५(ख)का सभापति रवि के. सी., कांग्रेस दमक नगर समितिका कार्यवाहक सभापति युवराज सागर खनाल, सचिव दिपेश दाहाल, वडा नं. ४ का कांग्रेस पार्टी सभापति राजेन्द्र सिटौला सहितको उपस्थिति रहेको थियो ।
नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष भगिरथ शर्मा सुवेदीले गरेका थिए । शुभकामना मन्तब्यका क्रममा बोल्दै संबिधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ कोशी प्रदेश संयोजक बिश्वदीप लिङ्गदेनले नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा नेपाल किसान महासंघको योगदान अत्यन्तै ठुलो रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का भट्टराईले आज किसान महासंघको स्थापना दिवश सँगसँगै नेपाल महिला संघको समेत स्थापना दिवश भएको स्मरण गराउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल महिला संघ र महिला नेतृ मंगलादेवी सिंहको योगदानका बिषयमा चर्चा गरे ।
बिशिष्ठ अतिथिको रुपमा मन्तब्य राख्दै नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले कृषिमा आत्मनिर्भर बन्दैजानु पर्ने बर्तमान अवस्थामा चामलका लागि भारतसँग हात फैलाउनु हाम्रै कमजोरी भएको बताउनु हुँदै भट्टराईले अबको किसान आन्दोलन आत्मनिर्भर कृषि र उन्नत कृषिका लागि हुनुपर्ने बताए । खेत जति बाँझो राखेर युवाहरु विदेश पलायन हुनु देश बिकासका लागि राम्रो संकेत नभएको बताउँदै कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले युवालाई कृषिमा आत्मनिर्भर हुनसक्ने कार्यक्रम ल्याउन दवाव दिन नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समिति सक्षम हुने आफुले विश्वास लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेले बिगतमा कोरोनाको कहरमा पनि नेपाल किसान महासंघ झापा जिल्ला समितिले गरेको मानवीय सहयोगको बिषयमा आफू जानकार रहेको बताउनु हुँदै अबको नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले किसानका समस्या र आवश्यकतामा थप प्रभावकारी बन्न सफल हुने विश्वास ब्यक्त गर्दै किसानका कुनै पनि समस्यामा झापा कांग्रेस सदैव सहयोगी बन्ने विश्वास दिलाए ।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराईले नेपाल किसान महासंघको ७२ ओै स्थापना दिवश तथा बृक्षारोपण कार्यक्रममा उपस्थित कांग्रेस नेता तथा किसान अगुवाहरु लगायत महासंघका कोशी प्रदेश समिति, मोरङ्ग र सुनसरीका महासंघका जिल्ला अध्यक्ष र पदाधिकारीहरुलाई धन्यबाद दिए ।
कार्यक्रममा नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिको सदस्यमा मनोनित एका बिराटनगर उपमहानगर पालिका १ का केशब बस्नेत र शनिश्चरे नगर पालिकाका जय बहादुर तामाङ्गलाई प्रमुख अतिथि तथा नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेवेले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार