काठमाडौं महानगरले सुरु गर्यो डेंगीको लार्भा नष्ट गर्न जैविक औषधि छर्कने अभियान
नेपालमै पहिलाेपटक प्रयाेग, लामखुट्टे र लार्भाबाहेक अन्यलाई असर नगर्ने दाबी
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार ११:१५:३०
५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नष्ट गर्न औषधि छर्कने कार्यक्रम सुरु गरेको छ । महानगरले आफ्नो क्षेत्रभित्र मंगलबार वायो लार्भिसिद (Boi Larvicid) छर्कन सुरु गरेको हो । यो जैविक औषधी हो ।
यो नेपालमै पहिलोपटक प्रयोग गर्न लागेको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् । यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि असर नगर्ने समेत उनले बताएका छन् । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने जनाइएको छ । औषधी छर्कन पम्प र स्प्रे पाइसहित ठूलाे संख्यामा टाेली परिचालन गरिएकाे छ ।
कसरी प्रयोग गर्ने ?
महानगरले औषधि छर्कने विधिबारे पनि जानकारी दिएको छ । महानगरले कार्य क्षेत्रमा खटिने टोलीलाई प्रशिक्षण दिइसकेको छ । जसअनुसार औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्नेछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्ने यसबाट उसको पाचन प्रक्रिया नष्ट हुनने जनाइएको छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ ।
परामर्श सेवाका लागि हटलाइन नम्बर
यस्तै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन सेवा समेत सुचारु गरिएको छ । त्यसनिम्ति ११८० नम्बरमा २४ सै घण्टा फोन गरेर डेंगीबारे जानकारी दिन सकिने महानगरले जनाएको छ ।
डेंगीका बिरामीले अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्द्र्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
असार २, २०८१ आइतबार
‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार