‘जेबी टुहुरे स्मृति’ पुरस्कार गीतकार पौडेललाई प्रदान गरिने
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार ११:२४:२०
६ भदौ, काठमाडौं । ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान–२०८०’को यस वर्षको पुरस्कार कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार दोस्रो स्मृति दिवसका दिन यही भदौ १० गते काठमाडौंमा एक विशेष सांगीतिक कार्यक्रमाझ वितरण गरिने जेबी टुहुरे फाउन्डेसनले जनाएको छ । एक लाख रुपैयाँ धनराशीको उक्त पुरस्कार प्रधानमन्त्री प्रचण्डबाट प्रदान गरिने फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताइन् ।
वरिष्ठ जनगायक जुठबहादुर खड्गी अर्थात जेबी टुहुरेले मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुदो रैछ’ गीत जेबी टुहुरेले गाएका थिए । जुन गीत पौडेलले लेखेका थिए ।
२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुजेबी टुहुरेले गीत संगीतको क्षेत्रबाट नेपालको वाम लोकतान्त्रिक आन्दोलन उठाउन महत्त्वपूर्ण योगदान गरेका थिए । उनका ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरू कालजयी छन् ।
हटहट्र्याक भएका टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । फाउण्डेशन उनी जीवित भएकै बेला २०७५ मा स्थापना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया
जेठ २६, २०८१ शनिबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार