‘खुसी बालबालिका र अभिभावक’ पुस्तक बजारमा
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १६:५७:१८
१० भदौ, काठमाडौं । हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।
डा. साम्दु क्षेत्रीले लेखेको पुस्तकलाई डा. जयप्रसाद लम्सालले अनुवाद र डा. रमेश शुभेच्छुले भाषा सम्पादन गरेका हुन् ।
आफैंभित्र, अरूसँग, प्रकृतिसँग र यस अनन्त जगतसँग तादात्म्य राख्ने क्षमता र खुसी बढाउने विषयलाई पुस्तकले समेटेको छ । हालका आमाबुबाका अनेक चुनौतीमध्ये समय व्यवस्थापन, आत्मीय नाता सम्बन्धको अभाव, अनिश्चित जीवनशैली, नैतिक मूल्य ग्रहण गर्ने क्षमताको कमी, चाहिने नचाहिने सूचनाको बोझ, संयुक्त परिवारको विखण्डन जस्ता मुख्य छन् । यस्ता चुनौतीको कसरी सामना गर्ने र आफ्ना सन्तानलाई खुसी बनाइराख्ने भन्ने सूत्र यस किताबले दिएको छ ।
भुटानका पूर्व शिक्षामन्त्री ठाकुर एस. पौडेल लेख्छन्, ‘डा. क्षेत्रीको आफ्नै सन्तान हुर्काउँदा र खुसीका विषयमा प्रवचन दिँदाका अनुभवका साथै आध्यात्मिक तथा वैज्ञानिक परम्पराहरूको खोज अनुसन्धानका आधारमा लेखिएको यस पुस्तकले व्यक्तिको खुसी जीवनका बारेमा गहिरो अन्तर्ज्ञान दिएको छ ।’
बालबालिकाका लागि ठीक समयमा ठीक कर्म गरेर ठीक प्रतिफल प्राप्तिका लागि छलाङ मार्ने माध्यमका रूपमा आएको यो पुस्तकले अभिभावकले हिँड्नुपर्ने गोरेटो कसरी रेखाङ्कन गर्ने भनेर सुझाव पनि दिएको छ । यसले आमाबुबालाई सोचेर उपयुक्त योजना बनाउन र एकीकृत विचारले सन्तान १६ वर्ष नहुँदा सम्म तिनका प्रतिको जिम्मेवारीको बाटोमा निरन्तर लागिरहन मद्दत पुर्याउँछ ।
यस पुस्तकले भुटानी लोककथा, सामाजिक व्यवस्था, पूर्वीय र पश्चिमी धर्मदर्शन र संस्कृतिका विभिन्न उदाहरण, नैतिक कथा, चिनियाँ, एसियाली र अन्य लोकोक्ति, गीत, चलचित्र, विभिन्न अभिप्रेरक पुस्तक, पुराण, उपनिषद्, बौद्धग्रन्थका उदाहरणसमेत समेटेकाले यो आफैंमा विविध पक्षको महत्वपूर्ण ज्ञान सागरको रूपमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार
बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार