दुर्गन्धित कोक बेच्नेलाई डेढ लाख जरिवाना तिराइयो
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १८:१:५१
१० भदौ, काठमाडौं । बत्तिसपुतलीस्थित कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपालले काठमाडौं महानगरपालिकालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिरेको छ ।
ढुसी लागेर पिउन नमल्निे कोकाकोला बिक्री गरेको पुष्टि भएपछि महानगरको बजार अनुगमन समितिलाई उक्त जरिवाना रकम तिरेको हो । कालिञ्चोक ट्रेडिङले शुक्रबार बिक्री गरेको कोकाकोलाको सिलबन्दी सिसाको बोतलमा ढुसी लागेको कोक फेला परेको थियो । आइतबार समितिका निरीक्षण अधिकृत अवधेश झाले जरिवाना तिराएका हुन् ।
उत्पादन गर्दाका बखत नभई बिक्रेताको लापरवाहीबाट अखाद्य अवस्थाको कोक बजारमा पुगेको अनुगमन समितिको निष्कर्ष छ । बोतलको कोक गन्हाइसकिएको अनुगमन टाेलीको दाबी छ ।
कम्पनीलाई दुर्गन्धित कोक फिर्ता लैजान, राम्रोसित सिलबन्दी नभएको बोतल बजारमा वितरण नगर्न लगायत ३ बुँदे निर्देशन समेत दिइएको छ । चाड पर्व नजिकिएसँगै महानगरले बजार अनुगमन तीव्र पार्दै लगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेतको सबैभन्दा सस्तो कारको मूल्य मारुती सुजुकी अल्टोको भन्दा दोब्बर
जेठ ३२, २०८१ शुक्रबार
लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार