मागपत्र प्रमाणीकरण नहुँदा ४० हजार नेपाली युरोप जानबाट रोकिए, राजदूतसँग छलफल हुँदै
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १२:१८:२६
१९ भदौ, काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको अवसर र चुनौतीबारे सम्बन्धित देशका राजदूतलाई बोलाएर छलफल गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको जानकारी अनुसार आगामी भदौ २५ देखि २७ सम्म राजगारदाता मुलुकका राजदूतसँग छलफल गर्न लागिएको हो ।
श्रम मन्त्रालयका अनुसार युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि श्रम मन्त्रालयले माग पत्र प्रमाणीकरणलाई सहजीकरण गर्न संशोधन गर्न बनाइएको वैदेशिक रोजगारसम्बन्धी माग पत्र जाँच निर्देशिका परराष्ट्रले अध्ययन गरिरहेको छ । गत जेठदेखि युरोपको माग पत्र प्रमाणीकरण भइरहेको छैन ।
युरोप जान ४० हजार जनाले माग गरेपनि माग पत्र प्रमाणीकरण नभएका कारण संस्थागत रूपमा नेपाली श्रमिक युरोप जान पाइरहेका छैनन् । यसबारे कसरी अगाडी जाने भन्ने राजदूतसँग छलफल हुनेछ । सम्बन्धित देशका राजदूतसँग छलफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले आगामी कार्यविधि बनाउने बताइएको छ ।
तीन दिनको छलफलबाट नेपालबाट रोजगारीका लागि जाने श्रमिकका समस्या, रोजगारदाता देशहरूले माग्ने श्रमिकको अवस्था र श्रमिकले पाउने सेवा सुविधा लगायत सुरक्षाका विषयमा राजदूतहरुले नेपाल सरकारका प्रतिनिधिहरूलाई ब्रिफिङ गर्नेछन् । उनीहरूको बिफ्रिङपछि कुन कुन विषय र क्षेत्रमा कस्तो नीति अवलम्बन गर्ने भन्ने बारे रिपोर्ट तयार गरिने भएको छ ।
मन्त्रालयका अनुसार श्रम मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले खाडी, मलेसिया र युरोप क्षेत्र हेर्ने राजदूत बोलाएको हो । राजदूतहरूसँग भदौ २५, २६ र २७ मा वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा छलफल हुनेछ । वैदेशिक रोजगारको व्यवस्थापनलाई अझ पारदर्शी बनाउने र श्रमिकको सुरक्षालाई प्राथमिकता दिएर नीति बनाउन राजदूतहरूको सुझाव महत्वपूर्ण हुने बताइएको छ ।
मुख्य गरी सेवा शुल्क, युरोपमा देखिएको अवसर, घरेलु श्रमिकको अवस्था र ठगी नियन्त्रणसँग सम्बद्ध विषयमा राजदूतहरूसँग विस्तृत छलफल गरी सुझाव लिइनेछ । श्रम मन्त्रालयका अनुसार श्रम मन्त्रालयले आप्रवासन नीति बनाउन मस्यौदा तयार गरिरहेको छ । परराष्ट्र मन्त्रालयले युरोपको माग पत्र प्रमाणीकरण, जापानको निर्दिष्ट सीपयुक्त श्रमिकसम्बन्धी निर्देशिका, घरेलु श्रमिकको निर्देशिका र कोरिया जाने सीपयुक्त श्रमिकलाई पठाउने फाइलहरूमाथि सुझाव लिइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार