इन्जिनियरिङ स्नातक तहको शुल्क बृद्धिबारे अध्ययन गर्न पराजुलीको नेतृत्वमा समिति गठन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:३८:८
२० भदौ, काठमाडौं । त्रिविकाे इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसमा स्नातक तहमा गरेको शुल्क वृद्धि पुनरावलोकन गर्न सहप्राध्यापक हरिराम पराजुलीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी समूहसँग भएको सहमति अनुसार समिति गठन गरिएको हो ।
समितिमा थापाथली, पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरूलाई पनि सदस्य राखिएको छ । यो समितिलाई ७ दिनभित्र शुल्क पुनरावलोकनको काम सकेर प्रतिवेदन दिन भनिएको छ । संस्थानले शैक्षिक सत्र २०८०/०८१ देखि लागु हुने गरी स्नातक तहमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।
शुल्कवृद्धि फिर्ताको मागसहित नेविसंघ पुल्चोकका नेता सुलभ चापागाईं आमरण अनशन नै बसेका थिए । विद्यार्थी संघसंगठनहरूले प्रधानमन्त्री निवास बालुवाटार घेराउदेखि विभिन्न संघर्षका कार्यक्रम गरेपछि त्रिविले छलफल गरी शुल्क पुनरावलोकन गर्ने सहमति गरेको थियो । ३ लाख १३ हजारबाट संस्थानले एकै पटक वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू आनदोलनमा उत्रिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक
जेठ २५, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
थपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार