बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार ११:२८:५९
♦ नरेन्द्र बिष्ट
२४ भदौ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ६ पन्ज्युनयाँमा रहेको कबीर मेडिकलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय बैतडी र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौ १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका उनको मेडिकल शील गरेका थिए।
अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ। ‘मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिएका लिएको’, खत्रीले बताए । मुद्दा दर्ता गराएर अनुसन्धानका लागि म्याद थप पनि गरिसकेको छ।’
यस्तै अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एन्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो।
मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ।
पछिल्लो समयमा औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि धमाधम अवैध रुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार