आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार १४:९:३५
२६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।
भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउँदै गरेको १६ औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताइन् । आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताए ।
१६ औँ योजना यसअघिको भन्दा फरक हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरू समेत सहभागी थिए ।
आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्व सुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६ औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरू रहेका छन् ।
साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरूमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलायात्राको २० वर्षे यात्रामा तुलाधरले पाए अपेक्षा नगरेको उपहार
जेठ २९, २०८१ मंगलबार
चित्र बनाउने सीप सिकाउने कलामा रमाइरहेका पवन
जेठ २९, २०८१ मंगलबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कर्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
असार ३, २०८१ सोमबार
संसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार