आईपीएस सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिता बारे नेकपाले उठायो प्रश्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १२:३९:२५
९० असोज, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी नेतृत्वको सैन्य संगठन हिन्द प्रशान्त रणनीति (आईपीएस)मा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिता बारे प्रश्न उठाएको छ ।
नेकपाका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विवादस्पद र आलोचित संगठनको सम्मेलनमा सहभागी हुनुले गम्भीर प्रश्न उब्जाएको जनाएका छन् । आईपीएसको अंग एमसीसीको नेपालभित्र संचालित परियोजनामाथि प्रश्न उठिरहेका बेला आईपीएस सम्मेलनमा शर्माको सहभागिताले स्वाभिमानी नेपालीलाई चिन्तित तुल्याएको विप्लवको तर्क छ । उनले आईपीएसलाई हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य नियन्त्रणलाई सुदृढ गरेर एसियामा आफ्नो प्रभुतत्व बलियो बनाउने अमेरिकी आक्रामक विध्वंसकारी सैन्य गठबन्धन भएको बताएका छन् ।
राजनीतिक दलहरूले आईपीएसमा नेपाल सहभागी हुन नहुने भन्ने बताइरहेका बेला शर्माको सहभागिताले नेपाल उक्त सैन्य गठबन्धनमा आबद्ध भएको सन्देश गएको समेत दाबी गरेका छन् । भारतको नयाँ दिल्लीमा सोमबाट सुरु भएको आईपीएस सम्मेलनमा सहभागी हुन शर्मा यही शनिबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । प्रस्थानको ४ दिनपछि विप्लवले विरोधमा विज्ञप्ति निकालेका छन् ।
शर्माको सहभागिताले विश्वमै तरंग पैदा गरेको र यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट बनाएको जनाएका छन् । ‘गैरजिम्मेवार’ सहभागिताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न माग गरिएको छ । साथै ‘गैरजिम्मेवार हर्कत’ले नेपाल र नेपाली जनतालाई अनावश्यक र अकल्पनीय क्षति पुग्ने सक्ने तर्फ नेकपाले सबैलाई सचेत बन्न समेत अपिल गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार