कोशी प्रदेशमा हालसम्म डेंगुबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय बढी संक्रमित
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:१८:५७
१० असोज, झापा । गत साउनदेखि हालसम्ममा कोशी प्रदेशमा डेंगुबाट १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना संक्रमित देखिएका छन । कोशी प्रदेशको १४ जिल्लामै डेंंगु फैलिएको छ । मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।
गर्मी र बर्खा याममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेङ्गुका बिरामीको उपचार भइरहेको छ ।
साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, संखुवासभा आठ सय ६७, ओखलढंगा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेङ्गुका बिरामी फेला परेका छन् ।
डेंगु संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंग लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेंगु संक्रमितको संख्या झन् बढ्दो रहेको छ । स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डंगुका बिरामीमा देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार