सानो पाइला सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:२९:३८
१० असोज, काठमाडौं । पर्साको वीरगञ्जस्थित आर्शनगरमा संचालित सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एक हजार भन्दा बढी बचतकर्ताहरूको निक्षेप फिर्ता नगरेपछि सहकारीका संस्थापक, वर्तमान तथा पूर्व सञ्चालक समितिका सदस्य र कर्मचारीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरुले बचतकर्ताको एक अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । सहकारीको मुख्यालय काठमाडौंको कालिमाटीमा रहेको छ ।
सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी राई), अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, कोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पूर्जी जारी भएको छ ।
यस्तै संस्थाका पूर्वसचिव तस्विरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थानबहादुर बुढा मगर, धीरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको छ । पक्राउ पूर्जी जारी भएकामध्ये कोषाध्यक्ष रम्तेल र कर्जा अधिकृत यादवमात्र पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले त्यस संस्थाका बचतकर्ता रकम समेत अपचलन गरेको पाइएको छ ।
वीरगञ्ज महानगरपालिकाले गएको भदौ ४ गते नै सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चलअचल सम्पत्ति रोक्का गरेर उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो ।
सो आधारमा नेपाल राष्ट्र बैंकले आरोपीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न सिआईबीलाई पत्र लेखेको थियो । अनुुसन्धान हु्ने थाहा पाएपछि संचालकहरुले वीरगन्ज र कालिमाटी कार्यालयका कम्प्युटर, फर्निचर समेत लगेको पाइएको छ । आफ्नो बचत रकम फिर्ताको माग गर्दै पीडितहरुले लामो समयसम्म कार्यालय र माइतीघर मण्डलामा धर्ना र आन्दोलन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार