शोरुम आयो लेभनिङ पायो, एक्सचेन्जमा थप ३० हजार बोनस पाउनुहोस्
नेपालबहस संवाददाता
असोज २३, २०८० मंगलबार २१:१५:१३
२३ असोज, काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण गर्दै आएको छ। दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं स्कीम सार्वजनिक गरेको छ ।
कम्पनीले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं स्कीम सार्वजनिक गरेको हो । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले एक्सचेन्जमा फोकस भएर दशैं स्कीम ल्याएको हो ।
कम्पनीले दशैं स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ । यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ ।लेभनिङको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् ।
एक्सचेन्जमा कम्पनीले ३० हजार थप मूल्याङ्कन दिने बताएको छ । यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रीक स्कुटर जित्न सक्नेछन् ।
कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।
बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रा। लि। ले जर्मन कम्पनीको द्ययकअज को मोटर भएको र सामसुङ्ग को लिथियम आयन ब्याट्री भएको १५० की मी रेन्ज भएको प्रोडक्ट हरु एक्सचेन्ज, फाइनान्स र क्यास को सुविधासहित बिक्रि वितरण गर्दै आएको छ। दशैं अफरमा शोरुम आयो लेभ्निङ पायो अफरको लक्की ड्र मार्फत एक जनाले नयाँ इलेक्ट्रिक स्कुटर पाउन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेतको सबैभन्दा सस्तो कारको मूल्य मारुती सुजुकी अल्टोको भन्दा दोब्बर
जेठ ३२, २०८१ शुक्रबार
लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार