आकासियो हरियो तरकारीको मूल्य
नेपालबहस संवाददाता
असोज २९, २०८० सोमबार ८:४५:१०
२९ असोज, काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ । हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ ।
परवलमा १०,मकै बोडि १०,भन्टामा ५ ,काउलीमा प्रतिकेजी १०,काँक्रोमा १० रुपैयाँ घट्दा रातो मूलामा १० रुपैयाँ,तने बोडिमा १०, मटरकोशामा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०,राजमा सिमीमा ३०,भटमासकोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।
यस्तै,भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ रसानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ । यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।
आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली ९०,रातो मूला ७०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३५,तने बोडी ११०, मकै बोडी ८०,मटरकोशा २००,घिउ सिमी ५०,राजमा सिमी २२०,भटमासकोशा ७०,तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ७०,रायो साग ८०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ४००,कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ ।केरा १४०,कागती १२०,अनार ४००,कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ६०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेतको सबैभन्दा सस्तो कारको मूल्य मारुती सुजुकी अल्टोको भन्दा दोब्बर
जेठ ३२, २०८१ शुक्रबार
लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार