एनआरएनको मतपरिणाममा विवाद, निर्वाचित अध्यक्ष केसी प्यानलले सिस्टम ह्याक गरेको विपक्षीको आरोप
नेपालबहस संवाददाता
कात्तिक ३, २०८० शुक्रबार ९:२१:५३
३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा निर्वाचनको मत परिणामलाई लिएर भाँडभैलो सुरु भएको छ । पुनः मतगणना हुनुपर्ने माग उठाइएको छ । ११ विश्व सम्मेलनबाट अध्यक्ष पदमा एमाले निकट डा. बद्री केसी विजयी भएका छन् । के.सी, महेश श्रेष्ठ र आर के शर्माबीच प्रतिस्पर्धा भएको थियो ।
गैर आवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्य तथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ ।
अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । ‘शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौं । त्यसबाट वास्तविक जानकारी लिई सत्य तथ्य व्यहोरा सार्वजनिक गर्छौं’ ढुंगानाले भने ।
डा.केसीले १ हजार ३ सय ७८ मत, शर्माले १ हजार २ सय ८१ मत र श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् । तर, केसीलाई सिस्टम ह्याक गरेर जिताइएको भन्दै अन्य अध्यक्ष समर्थकहरूले विरोध जनाएका छन् । निर्वाचनमा अनलाइन र काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर भोटिङ भएको थियो । काठमाडौंमा उपस्थित भएर गरेको करिब ८ सयको भोटिङमा श्रेष्ठ प्यानलबाट उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत शून्य देखाएपछि प्रतिस्पर्धीहरुले सिस्टम ह्याक गरेर डा.केसी.ले आफ्नो पक्षमा परिणाम पारेको आरोप लगाएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठ र शर्माले धाँधली भएको आरोप लगाउँदै परिणाम नस्वीकार गर्ने घोषणा गरेका छन् । पौडेलको शून्य मत देखाएपछि अधिवेशनस्थल सोल्टी होटलमा नाराबाजी भएको थियो । उपाध्यक्षका प्रत्यासी पौडेलले आफैले हालेको मत पनि शून्य देखाएपछि मतदानमा गडबड भएको प्रतिस्पर्धीको दाबी छ । डा.केसी.कार्यकारी अध्यक्ष भए निर्वाचन सम्पन्न गरेका हुन् ।
निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिम्खडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा. विनोद श्रेष्ठले १५६० मत ल्याएर विजय भएका छन् । त्यसै गरी, महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् ।
यसै गरी, युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए । सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे । संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका थिए । उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० विजयी भए ।
६ सचिव पदमा भिम केसी कमल १६७३, डा. ज्ञानेन्द्र रेग्मी १७८२, मनोज कुमार श्रेष्ठ २०२४, डा. नवराज रोस्यारा १८५३, पारसमणि पोखरेल १६५१ र स्वतन्त्र प्रताप शाह १६६६ विजयी भएका छन् । त्यसै गरी, महिला सचिवमा टिक गुरुङ, राधिका २३२० विजयी भइन् । सोही पदमा विमला सापकोटाले १५३९ मत प्राप्त गरिन् । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरे ।
यस्तै सह कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे । यस्तै महिला सहको कोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी तृष्णा शर्माले १५२२ मत प्राप्त गरिन् । त्यसै गरी, अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा देवीका खत्री गुरुङले १५२४ मत ल्याइन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए । सोही पदमा रविन अधिकारीले १७६५ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार