आरके शर्मा, बुद्धिसागर सुवेदी स्वघोषित अध्यक्ष र महासचिव मात्रै हुन्ः मरासिनी
नेपालबहस संवाददाता
मंसिर १, २०८० शुक्रबार १२:३७:३२
१ मंसिर, क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका आजीवन सदस्य माधव मरासिनीले गैर आवासीय नेपाली संघ (एआरएनए)को ११ औं महाधिवेशनमा पराजित भए पछि राजेन्द्र कुमार शर्मा, बुद्धि सागर सुवेदीहरुले बनाएको समानान्तर कमिटी अवैधानिक र स्वघोषित टिकेहरुको झुण्ड मात्र रहेको बताएका छन् ।
मरासिनी भन्छन, 'नेतृत्व छनोट गर्ने निर्वाचन जस्तो विश्वव्यापी प्रजातान्त्रिक प्रक्रियाबाट प्राप्त परिणामलाई अस्वीकार गरि समानान्तर कमिटी घोषणा गर्नु सरासर गलत कार्य हो । यो कार्यले हरुवाहरुको हतास मानसिकता मात्र उदाङ्ग भएको छैन, यसले उनीहरू पद बिना एक छिन पनि बाँच्न सक्दैनन् भन्ने कुरा समेत पुष्टि भएको छ ।' उनी अगाडि थप्छन, 'साथै यो कमिटी कथित स्वघोषित अध्यक्ष राजेन्द्र कुमार शर्मा र महासचिव बुद्धि सागर सुवेदीको पदलोलुपता अनि पाखण्डी पनको पराकाष्टा हो । यस्ता गतिविधिले गैर आवासीय नेपाली संघलाई कमजोर बनाउँछ । यसकारण समानान्तर कमिटीका सबैलाई साधारण सदस्य पनि नरहने गरि बर्खास्त गर्नु पर्छ ।'
आफू यस्ता गलत शैली र प्रवृत्तिका विरुद्ध निरन्तर क्रियाशील रहेकोले यस्ता कार्यको बिरोध गरिरहेको उनको तर्क छ। स्वघोषित कमिटीले निर्वाचन परिणाम स्वीकार नगरी, आफ्नो कमी कमजोरी नसच्याई अगाडि बढेमा उनीहरू विरुद्ध संघर्षमा उत्रिने मरासिनीले बताए । स्वघोषित अध्यक्ष र महासचिवको कार्यशैली गैर आवासीय नेपाली संघको निर्वाचन आचारसंहिता २०२३ विपरीत भएको उनको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार