राहत कोषमा १५ करोडः भूकम्पमा सहयोग घोषणा गर्ने धेरै, खातामा रकम जम्मा गर्ने थोरै
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १२:१०:४३
३ मंसिर, काठमाडौं । जाजरकोट भुकम्पका पीडितहरुलाई आर्थिक सहायता घोषणा गर्ने जमात ठूलो देखिएपनि खातामा पैसा जम्मा गर्नेको संख्या भने न्यून देखिएको छ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषले जनाए अनुसार आइतबार बिहान ११ बजेसम्म यो खातामा जम्मा १५ करोड २८ लाख रूपैयाँ मात्र जम्मा भएको छ । सहायता घोषणा भए अनुसार रकम जम्मा भएको भए ५० करोडभन्दा माथि पुग्नुपर्ने हो ।
कोषका अनुसार भूकम्प गएपछि त्यो क्षेत्रका पीडितका लागि सहयोग गर्नेहरूको होडबाजी नै चलेको थियो । तर, कोषमा रकम जम्मा गर्नेको संख्या भने कम भयो । गत कात्तिक १९ मा सरकारले उक्त कोषमा इच्छुक संघसंस्था तथा निकायलाई सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । कोषमा रकम जम्मा गर्न आग्रह गरेको दुई सातामा १५ करोड २८ लाख रूपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन आग्रह गरेको थियो । भूकम्प गएको भोलिपल्टदेखि विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग घोषणाको प्रतिस्पर्धा भए पनि त्यसअनुसार रकम जम्मा हुन सकेको छैन ।
सहायता कोषमा शुक्रबारसम्म विभिन्न संघसंस्था, व्यक्तिलगायत ५८ निकायले रकम जम्मा गरेका छन् । एक करोडभन्दा बढी सहयोग गर्नेमा ७ वटा कम्पनी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, सूर्य नेपालले १ करोड, ग्लोबल आईएमई बैंकले १ करोड, क्यान सेन्ट्रल पेमेन्टले १ करोड र गोर्खा ब्रुअरीले १ करोड रूपैयाँ खातामा जम्मा गराएका छन् ।
भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश सरकार, अन्तर्राष्ट्रिय जगत, निजी संघसंस्था र व्यक्तिले करोडौं रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर त्यो अनुसार रकम जम्मा हुन सकेको छैन । प्रदेशले भूकम्प लगत्तै नगद दिने घोषणा गरे पनि कुनै पनि प्रदेशले अहिलेसम्म सरकारी कोषमा रकम जम्मा गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
अरुण तेस्रो जलविद्युत् आयोजनामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते
जेठ ३०, २०८१ बुधबार
दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प
जेठ २२, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार