अन्तर्राष्ट्रिय अवार्डबाट नेपाल लाइफ सम्मानित
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १५:५१:०
८ मंसिर, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा सम्मानित भएको छ।
भारतको मुम्बईस्थित होटेल ताज ल्यान्ड्स इंड्समा आयोजित समारोहमा नेपाल लाइफ इन्स्योरेन्स ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’बाट सम्मानित भएको हो। बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो।
कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डहरूलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ।
उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्रहण गरेका थिए। चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पिडब्लुसी भारतको सहकार्यमा गरिएको हो।
संसारमै लब्धप्रतिष्ठित परामर्शदाता पिडब्लुसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै कम्पनीलाई विभिन्न विधामा सम्मानित गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार