भावी प्रधानसेनापतिको लाइनमा सिग्देल, अख्तियारले के गर्ला ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १०:२८:१९
९ मंसिर, काठमाडौं । नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै भावी प्रधानसेनापतिको लाइनमा राखेको छ । सैनिक मुख्यालयमा शुक्रवार बसेको बढुवा समितिले सिग्देललाई रथी पदमा बढुवा सिफारिस गरेपछि उनलाई १० महिनापछि प्रधानसेनापतिको लाइनमा राखेको हो । अर्को कुनै भवितव्य नभए उनी १० महिनापछि प्रधानसेनापति बन्नेछन् ।
हालका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ १६ गते अनिवार्य अवकाशमा गएपछि सिग्देलको पालो आउनेछ । रथी बढुवाका लागि सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो । बलाधिकृत रथी सरोजप्रताप राणाले अवकाश पाएपछि उनको वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको भएपनि उनको उमेर विवाद देखिएपछि राजीनामा दिएर बाहिरिएका थिए । उनको राजीनामा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि सिग्देलको बढुवा प्रक्रियाका अघि बढेको हो ।
सिग्देलको उमेर विवादबारे मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेको छ । आयोगले उजुरीबारे छानबिनका लागि पत्राचार गर्न नपाउँदै सिग्देलको बढुवा सिफारिस गरिएको छ । सैनिक मुख्यालयले सिग्देलको समेत व्यक्तिगत विवरण छानबिनपछि बढुवा प्रक्रिया अघि बढाएको दावी गरिएको छ । उनको समेत उमेर विवादको चर्चा थियो । तर, सिग्देलले सैनिक मुख्यालयमा बुझाएको सबै प्रमाणपत्र चुस्त दुरुस्त रहेको बताएका छ । कुनै समस्या नभएपछि उनको बढुवा प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।
सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । यसलाई लिएर सेना भित्र र बाहिर उनको नेतृत्व क्षमतामाथि प्रश्न खडा भएको छ । शर्माले नै पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेका थिए । तर अख्तियारले पाण्डेको जन्म मितिबारे थप छानविन थालेपछि राजीनामा दिएर हिँडेका थिए ।
रथी बढुवाको लाइनमा यसपछि उपरथीहरू निर्मल थापा, सन्तोष ढकाल र बावुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुष ३ पछि अवकाश पाउने ठाउँमा कस्को बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्ध पोखरीमा ‘अभ्यास मनसुन–४’ सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा प्राकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम
जेठ २१, २०८१ सोमबार
द्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
जेठ १४, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार