कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार १५:४०:३०
१ पुस, कालीकोट । कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।
बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।
तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना गणक खटाइएको प्लान इन्टरनेशनल नेपाल कर्णाली प्रदेशका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेनाले जानकारी दिए । “बालविवाह, छिटोविवाह जबर्जस्ती विवाह गरिने घटना पछिल्लो चरणमा घट्दो क्रममा पाइएको छ”, उनले भने, “अहिले फिल्डमा हाम्रा गणक साथी खटाएर तथ्याङ्क सङ्कलन गर्न लागिएको छ ।”
तीनवटै पालिकामा सन् २०२३ मा बालविवाहको व्यापकता सर्वेक्षणका लागि स्थानीय तहले गणकलाई परिचालनका लागि स्थानीय सरकारले नै बजेट व्यवस्थापन गरेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल शाहले बताए । “सर्वेक्षणका लागि गाउँपालिकाले रु नौ लाख ४५ हजारको व्यवस्था गरेको छ”, उनले भने, “सर्वेक्षण कार्यका लागि स्थानीय सरकारकोे मुख्य दायित्व रहेको र अन्य सरोकारवालाले केही आर्थिक सहयोग गर्नुभएको छ ।”
कालीकोटमा बालविवाह दर घटेर न्यून भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षको बीचमा घटेर चार मात्र उजुरी परेको जनाइएको छ । प्रहरीमा निवेदन आएपछि कानुनी कारबाही गर्ने र बालविवाह गर्न लागेका र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सोसम्बन्धी उजुरी घट्दै गएको प्रहरी प्रमुख अर्जुन केसीले बताए ।
“गत आर्थिक वर्षमा जम्मा चार उजुरी परेकामा अहिलेसम्म शून्य छ”, उनले भने, “बालविवाहसम्बन्धी जिल्ला प्रहरी कार्यालयमा उजुरी नआउने गरे पनि भित्रभित्रै बालविवाह आफन्तले गाउँमै मिलाउने गरेको देखिन्छ ।”
जिल्लाका तीनवटै पालिकामा बालविवाह गर्नेको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । गैरसरकारी संस्था सादा नेपालले गरेको सर्वेक्षणअनुसार सन् २०२० मा ६७ प्रतिशत रहेको बालविवाह, सन् २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ । यस्तै २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्याङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार