भूकम्प प्रभावित पाँच जिल्लामा साढे ११ अर्ब खर्च हुने अनुमान, हालसम्म २ अर्ब ३४ करोड निकासा
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार ११:२०:२१
४ पुस, काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित पाँच जिल्लाका लागि साढे ११ अर्बको हाराहारीमा रकम आवश्यक पर्ने अनुमान गरिएको जनाएको छ । उक्त रकम जिल्ला विपद् कोषमार्फत पालिकाहरूमा पठाउनुपर्ने छ ।
प्राधिकरणका अनुसार जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अस्थायी आवाससहित सरकारी संरचना बनाउन साढे ११ लागत अनुमान गरिएको हो । हालसम्म भूकम्प प्रभावित पाँच जिल्लामा २ अर्ब ३४ करोड निकासा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार यसअघि कोषले १ अर्ब ४१ करोड अस्थायी आवासकै लागि प्रभावित जिल्लामा पठाइसकेको थियो । अर्थ मन्त्रालयले थप १ अर्ब उपलब्ध गराएपछि ९३ करोड भूकम्पपीडितका लागि पठाइएको छ । अर्थले उपलब्ध गराएको रकमसहित जाजरकोटमा अस्थायी आवास निर्माणका लागि १ अर्ब ३ करोड ९३ लाख पठाइसकिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । ति जिल्लामा २५ सय वटा अस्थायी आवास निर्माण भइसकेको उनले बताए ।
६० हजार ३ सय ३७ लाभग्राहीमध्ये पुस २ सम्म १५ हजार २ सय ६६ जनाले मात्र पहिलो किस्ताका लागि सम्झौता भएको छ । ४५ हजार ७१ जनाले अझै आवास निर्माणका लागि पैसा लिन सम्झौता गरेका छैनन् । जिल्लामा विपद् कोषमा पुगेको रकमबाट स्थानीय पालिकामा १ अर्ब १६ करोड ७७ लाख निकासा भएको छ । पालिकाबाट लाभग्राहीको खातामा भने सोमबारसम्मको तथ्याङ्क अनुसार ३७ करोड ४१ लाख रुपैयाँ मात्र निकासा भएको प्राधिकरणले जनाएको छ ।
जाजरकोटमा पालिकाबाट लाभग्राहीको खातामा ३ करोड ३९ लाख ५० हजार रुपैयाँ निकासा भएको छ । रुकुम पश्चिममा लाभग्राहीको संख्या १७ हजार ४ सय ३४ रहेकामा १२ हजार ६ सय १८ जनाले अनुदान सम्झौता गरेका छन् । यस जिल्लामा अर्थले पठाएको रकमसहित ८३ करोड ८३ लाख ५० हजार पठाइएको छ । अहिलेसम्म पालिकाहरूको खातामा ३१ करोड ५४ लाख ५० हजार रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ ।
सल्यानमा भूकम्पपीडितको संख्या १ हजार ७ सय ३० रहेकामा ५ सय ८० जनाले मात्र किस्ताका लागि रकम सम्झौता गरेका छन् । सल्यानमा अर्थले उपलब्ध गराएको रकमसहित प्राधिकरणले ६ करोड ८० लाख पठाएको छ । १ करोड ४५ लाख पालिकाहरूको खातामा पठाइएको छ । बाजुरामा लाभग्राहीको संख्या २ हजार ७ सय २९ रहेकामा २ सय ८८ जनाले मात्र किस्ताका लागि सम्झौता गरेका छन् । यो जिल्लाका लागि ३ करोड ७७ लाख २५ हजार पठाएकामा पालिकाको खातामा ७१ लाख ५० हजार उपलब्ध गराइएको छ ।
बझाङमा ४ हजार ५ सय ७३ लाभग्राही रहेकामा १२२ जनाले मात्र रकम सम्झौता गरेका छन् । यो जिल्लाका लागि ११ करोड ४३ लाख २५ हजार जिल्ला विपद् कोषमा पठाइएकामा ३० लाख ५० हजार मात्र पालिकाको खाता पुगेको छ । भूकम्प लगत्तै विपद् कोषमा रहेको १० करोड रुपैयाँ ढुवानी भाडासहित राहत सामग्रीका लागि जाजरकोट र रुकुम पश्चिमलाई ५÷५ करोड उपलब्ध गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
अरुण तेस्रो जलविद्युत् आयोजनामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते
जेठ ३०, २०८१ बुधबार
दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प
जेठ २२, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार