भूकम्पका लाभग्राही थपिएको थपियै, ८० हजार पुग्ने अनुमान
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १३:१७:१४
९ पुस, काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण संकलनको क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्यांकमा झण्डै नौ हजार थपिएका हुन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।
प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताउनुभयो । लाभग्राहीको संख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ ।
अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि रु दुई अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ । अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा रु चार अर्ब ७५ करोड आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पु¥याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार