सवा करोड घुस लिएको आरोपमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १४:३७:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/413084487_682981610488299_1335900157662705377_n_YwtWGd9SYZ_Kuuf2Xr9Uj.png)
११ पुस, काठमाडौं । पोखरा सहकारी ठगी प्रकरणमा रजिष्ट्रार कार्यालयका पूर्वरजिस्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो ।
पर्वतका डीएसपी खुमलाल भुषालका अनुसार पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।
त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुषालले जानकारी दिए । उनी बुधबार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले मित्रमिलन बचत तथा ऋण सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको सम्बन्धमा तयार पारेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कात्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रार कार्यालयमा निवेदन दिएका थिए । बारम्बार बचत रकम फिर्ता माग्दा नपाएको भन्दै सुरुमा ३५ र पछि थप गरी ५० जनाले निवेदन हालेका थिए ।
निवेदनमा उनीहरूले लेखा र संस्थाको नाममा रहेका चल–अचल सम्पत्तिसमेत रोक्का गरी छानबिन गर्न र केही सम्पत्ति बिक्री वा नामसारी भएमा रजिस्ट्रारको कार्यालय नै जिम्मेवार रहनेसमेत उल्लेख गरेका थिए । बचतकर्ताको निवेदनसँगै सोही दिन रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन तथा कारबाही सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ !
असार ३, २०८१ सोमबार