२५ औं पोखरा सडक महोत्सव सुरु [ फोटोफिचर ]
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १५:३१:६
१२ पुस, काठमाडौं । सडकमै खाऔं सडकमै रमाऔं नारासहित पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सास्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सवले आफ्नो सुरुवात गरेको हो। सास्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेका थिए। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ।
अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ। महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसियशन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सास्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरुले आफ्ना पकवानहरु पस्किने गरेका छन् ।
महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दिपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकिय सहकार्य र 'नोस्टाल्जिक-थ्री'सँग फूड कोर्ट पार्टनरका रुपमा सहकार्य गरिरहेको छ। ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
इलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने
जेठ २४, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार