मुगुका ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न सास्ती : दुई दिन हिँड्नुपर्ने, एकदिन बास बस्नुपर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १५:४:०
♦ खड्क सुनार
१८ पुस, मुगु । मुगुको मुगूम कार्मारोङ गाउँपालिका–१ चितै गाउँका ७६ वर्षीया मुन्जुक लामालाई सामाजिक सुरक्षाभत्ता लिन चितै गाउँबाट गाउँपालिका केन्द्र पुलुमा पुग्न ठ्याक्कै एक दिन हिड्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बुझ्न उनले हरेक तीन महिनामा यस्तै सास्ती खेपेर पुलुमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आइपुग्नुपर्छ ।
बैंंकमार्फत् सामाजिक सुरक्षाभत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ । बैंकहरु गाउँपालिका, सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिड्नु पर्ने बाध्यता छ । झन् त मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको गाउँबस्तीमा सडकको पहुँच नै छैन । गाउँवस्तीमा बैंक पनि छैनन् । यसले गर्दासामाजिक सुरक्षाभत्ता घर नपुग्दै सकिने गरेको छ ।
सदरमुकाम गमगढी बजारबाट दुई दिनको पैदल यात्रा गरेर रिपोटिङ गर्ने क्रममा चितै गाउँमा भेटिकी ७२ वर्षीया छिरिङ म्याङ्जोम लामालाई भत्ता लिन दुई दिन हिँड्नुपरेको बताइन् । कार्मारोङ गाउपालिकाका कुनै पनि बस्तीहरु सवारी पहुँचमै छैनन् । बाटो साघुँरो छ । तल कर्णाली कलकल बगिरहेको छ । एकातिर डरमय स्थान भएर हिँड्नु पर्छ, जसले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता लिन जोखिम मोल्नुपर्ने हुन्छ भने एक दिन बीच बाटोमै बास बस्नुपर्छ ।
विगतका वर्षहरूमा घुम्ती शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण गरेको थियो । विगत केही वर्षयतादेखि बैंकमार्फत भत्ता वितरण गर्न थालेपछि दुर्गमका ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको छ । बैंकमा समयमै काम नभएर ढिला भए साँझ टर्च बालेर आधा बाटोमै बास बस्नु पर्ने ज्येष्ठ नागरिकको गुनासो छ । सुख्खा मौसममा बाटोमा खानेपानीसमेत भेटिँदैन । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँडडुल गर्न ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको मुगूम कार्मारोङ गाउँपालिका वडा नं १ चितै गाउँका ७० वर्षीय धावा छिरिङ तामाङले बताए ।
मुगुम कार्मारोङ गाउँपालिका मात्रै होईन जिल्लाका चारवटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता लिन सास्ती हुने गरेको बताउँछन् । गाउँमा बैंक नआउँदा कठिन भएको मुगूम कार्मारोङ गाउँपालिका–७ मह गाउँका ७८ वर्षीया छेवाङ तेन्जिङ्ग लामाको गुनासो छ । सरकारले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालेपछि स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर, दुर्गम जिल्लाका गाउँमा बसोवास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता परेको छ ।
यता मुगूम कार्मारोङ गाउँपालिकाका अनुसार घुम्ती शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण गर्दा अनियमितता भएको र पाउनुपर्ने भत्ता ज्येष्ठ नागरिकले पाएनन् । गाउँ गाउँमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भनेर गाउँपालिकाले निर्णय मात्र गरेको, तर कार्यान्वयन नभएको मुगूम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । स्थानीय तह आउनुभन्दा अघि वडासचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार