अद्धैतमार्गको सर्वोत्तम सहकारी पनि ठगीकै सूचीमा, अध्यक्ष विनोद खनाल महिनौंदेखि फरार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १८:१०:१४
२५ पुस, काठमाडौं । देशका प्रमुख शहरमा च्याउसरी खुलेर सर्वसाधारणलाई प्रलोभनमा पारेर उनीहरूको बचत रकम ठगी गरेको आरोप खेपिरहेका सहकारी मध्ये झण्डै ८० प्रतिशत सर्वसाधारण उपत्यकाकै सहकारीबाट ठगिएका छन् ।
यसै सिलसिलामा बागबजारमा नेपाल प्रहरी क्ल्वको ठ्याक्कै पछाडि अद्धैतमार्गमा सञ्चालनमा रहेको सर्वोत्तम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि कयौं सर्वसाधारणलाई ठगी गरेको पाइएको छ । कतिपय बचतकर्ताको मुद्दती (फिक्स डिपोजिट)मा जम्मा गरेको रकम अवधि पुगिसकेर पनि फिर्ता पाउन त परैको कुरा फरार रहेका यसका एक्ला चलतापूर्जा सञ्चालक विनोद खनाललाई भेट्न, मोबाइलमा सम्पर्क गर्न समेत पाइरहेका छैनन् ।
सहकारी अफिस त बन्दै छ, खुल्न छाडेकै महिनौं भइसक्यो । देखावटी रहेका अन्य सञ्चालकले समेत यतिबेला सहकारीका नाममा जम्मा गर्न लगाएको रकम अध्यक्ष खनालले नै आफू खुशी प्रयोग गरेर संस्थालाई धराशायी बनाएको आरोप लगाउन थालेका छन् ।
धादिङ घर भएका खनालले सहकारीमा अन्य सञ्चालक र कर्मचारीलाई समेत जम्मा भएको बचत रकम कता प्रयोग भइरहेको छ भन्ने बारेमा खासै जानकारी दिने नगरेको पछिल्ला दिनमा आएर सबैले बुझेका छन् । सर्वोत्तम सहकारीका पीडित बचतकर्ताले एकजुट भएर सञ्चालक विनोद खनालका विरुद्ध ठगीमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ ।
यतिबेला फरार जस्तै रहेका सर्वोत्तम सहकारीका अध्यक्ष विनोद खनाल कुनै पनि बचतकर्ताको सम्पर्कमा छैनन् । उनी कार्यालय जान छाडेको महिनौं भइसक्यो । कार्यालयमा बाहिरपट्टि टाँगिएको साइनबोर्ड पनि झिकिएको छ । ढोकामा ताल्चा झुन्ड्याइएको अवस्था छ । यदाकदा 'एस म्यान'लाई सहकारीको कार्यालय खोल्न पठाइए पनि त्यहाँ पुगेका बचतकर्तासँग आफूहरूलाई सहकारीका बारे केही जानकारी नभएको भन्दै पीडित बचतकर्तालाई चित्त बुझ्दो जवाफ समेत नदिएरै उम्कन खोज्छन् ।
अध्यक्ष विनोद खनालले ९८०१११८८७१, ९८४१९६०६२६, ९८२२७६८९१८ नम्बरका मोवाइल बोक्छन् । अधिकांश समय ती सबै मोवाइल स्वीच अफ नै हुन्छन् । यदाकदा कतै सम्पर्क गर्नु परेर कुनै नम्बरको मोबाइल खोलिहालेको अवस्थामा पनि बचतकर्ताले गरेको फोन उठाउँदैनन् खनाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार
जलविद्युत आयोजनाको बाँध निर्माणस्थल
असार ३, २०८१ सोमबार