विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री मातहतमा ल्याउन विज्ञको सुझाव
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १२:३६:४६
३ माघ, काठमाडौं । जाजरकोट भूकम्पको क्षति अनुगमन गरेर फर्किएको विज्ञ टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुझावसहितको प्रतिवेदन बुझाएको छ । टोलीले पुनर्निर्माणका कार्यका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनर्निर्माण प्राधिकरण जस्तै गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याउन राय दिइएको छ ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको थियो । ६५ हजार घर कुनै न कुनै रुपमा क्षति भएको टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ । भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माणका लागि सुझाव प्रतिवेदन विज्ञको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माको संयोजनमा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवाली, पुल्चोक इन्जिनिरिङ क्याम्पसका सहप्राध्यापक हरेराम पराजुली लगायतले सुझाव प्रतिवेदन तयार गरेका थिए ।
राज्यका निकाय र विषय विज्ञसँगको अन्तक्रिया गरेर प्रतिवेदन तयार गरिएको थियो । भूकम्पले क्षतिग्रस्त बनेका घरको निर्माण ‘आफ्नो घर आफैं बनाऔं’ मोडल मार्फत गर्न सुझाव दिइएको छ । घर दैलोमा प्राविधिक सहयोग गर्ने र प्राविधिक परीक्षणका आधारमा तीन किस्तामा आवास निर्माणको अनुदान उपलब्ध गराउन सरकारलाई सुझाव दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु, किसानलाई राहत
असार २, २०८१ आइतबार
मोहना नदीमा एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार