सहकारी बैंक विराटनगरको तुलसी सहकारीको धितो लिलाम गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १४:४३:१५
३ माघ, काठमाडौं । राष्ट्रिय सरकारी बैंकले कर्जा नतिरेको भन्दै विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै लिलामी गर्ने जनाएको छ ।
तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा निकालेको हो ।
यस्तै मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको छ । बैंकले तुलसी बहुमुखी सहकारीकै नाममा मालपोत कार्यालय दमक झापामा दर्ता श्रेस्ता कायम रहेको झापा गौरादह नगरपालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको छ ।
सहकारीले संस्थाको मोरङ र झापाको सम्पत्ति धितो राखेर राष्ट्रिय सहकारीबाट करिब दुई वर्ष अगाडि १० करोड रुपैयाँ चालू पूँजी कर्जा लिएको थियो । उक्त कर्जाको साँवा र ब्याज भुक्तानी पनि भुक्तानी नभएको र नवीकरण पनि नभएपछि बैंकले धितो लिलाम गरेर कर्जा असुल गर्न लागेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
असार ३, २०८१ सोमबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
असार ३, २०८१ सोमबार