सेनाका तस्विर तथा युनिट विशेष प्रदर्शनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार १५:८:३१
९ माघ, काठमाडौं । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्विर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्विर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरे । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।
प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ । आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अवलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ । प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
समारोहमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर जिम्मेवारीका क्रममा गरेका मुख्य–मुख्य कामलाई समेटेर गरिएको प्रदर्शनीबाट हातहतियार, पोसाक र सम्बद्ध सैन्य सामग्रीबारे नागरिकलाई जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे ।
यसैबीच, सोही अवसरमा नेपाली सेनाद्वारा आयोजित फोटो प्रतियोगितामा रामबाण गुल्म प्रथम, विशेष फौज वाहिनी दोस्रो र श्रीमेहर गण तेस्रो घोषित भए । प्रतियोगितामा १७ नम्बर वाहिनी, रणशेर गण, खड्गदल गण, भवानी बक्स गण, अर्जुनबाण, भगवती दल गण र सैनिक आवासीय महाविद्यालय पोखराले सान्त्वना पुरस्कार प्राप्त गरे ।
उक्त प्रतियोगितामा अन्तर्गत गैरसैनिकविधातर्फ सिद्धार्थ महर्जन प्रथम, सफल प्रकाश श्रेष्ठ द्वितीय र वर्षा शाह तृतीय भए । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुलाई प्रधानसेनापति शर्माले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
इलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने
जेठ २४, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार