तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा १७ जनाविरुद्ध मुद्दा दर्ता, १२ जना अझै फरार
नेपालबहस संवाददाता
माघ १०, २०८० बुधबार ६:१९:४३
अरुण बम । नागरिक दैनिक
१० माघ, काठमाडौं । अवैध हुण्डी, क्रिप्टोकरेन्सी र विभिन्नन डिजिटल प्लेटफर्मबाट झन्डै तीन खर्ब रूपैयाँको कारोबार गरेको अभियोगमा १७ जनाको समूह विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । जसमा विवादरित व्यवसायी विमल पोद्दारसमेत छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्तविरुद्ध दुई खर्ब ८६ अर्ब चार करोड २५ लाख आठ हजार ७५४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
सिआइबीले मंसिर ६ गते हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं महानगरपालिका २८ कागबजारस्थित ४८ वर्षीय रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठको साथबाट बरामद मोबाइल र रजिस्टरहरुको जाँच गर्दै जाँदा व्यवसायीले पोद्दारसहित १७ जना यो धन्दामा रहेको खुलेको सिआइबीले जनाएको छ ।
अन्य अभियुक्तहरुमा काठमाडौं ११ थापाथलीका ३५ वर्षीय आशीष अग्रवाल, बागलुङ नगरपालिका ७ घर भई टोखा नगरपालिका १० सामाखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जिसी, हेटौंडा उपमहानगरपालिका १२ का ४९ वर्षीय कुमार परियार, झापा गौरादह नगरपालिका ४ का ४५ वर्षीय झनिन्द्रप्रसाद खतिवडा छन् । श्रेष्ठसहित अग्रवाल, जिसी, परियार र खतिवडा गरी पाँच जनालाई प्रहरीले प्रकाउ गरेको छ । व्यवसायी पोद्दारसहित १२ अभियुक्त फरार रहेको सिआइबीले जनाएको छ ।
फरार अभियुक्तहरुमा काठमाडौं २८ बागबजारका ४४ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं ३१ का अंशुल श्रेष्ठ, रचना शर्मा (रुपेशकी पत्नी), नुवाकोटको विदुर नगरपालिका ४ का शरद भट्टराई, धादिङको गल्छी गाउँपालिका २ का वीरेन्द्र मगर, दाङको बबई नगरपालिका ६ का विगलसिंह शर्मा, सिन्धुलीको कमलामाई नगरपालिका ६ का ओमकुमार श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ६ का ओमकुमार श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका १ का वाङदेन फुन्सोक लामा, नवलपुर देवचुली नगरपालिका १० का गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली नगरपालिका १० का रुदे तामाङ छन् ।
उनीहरुमध्ये व्यवसायी पोद्दार, दिपेश र अंशल अमेरिकामा रहेको प्रहरीले जनाएको छ । दिपेश रुपेशका भाइ हुन् । यो समूहले अमेरिकादेखि नेपालसम्म र नेपालदेखि भारतसम्म अन्तरदेशीय सञ्जाल बनाएर नेपाल सरकारके राजस्वमा हानि पुग्नेगरी बैकिङ प्रणाली छलेर हुन्डी, क्रिप्टोकरेन्सी र ‘क्यासएप’बाट रकम स्थानान्तरणको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानले रुपेशले मात्रै झन्डै दुई खर्बको कारोबार गरेको देखाएको छ । उनले क्रिप्टोकरेन्सीका विभिन्न वालेटहरुबाट मात्रै एक खर्ब ७१ अर्ब ६२ करोड १६ लाख ९८ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । यस्तै उको साथबाट बरामद २ वटा ‘जोन रोवर्ट’ र ‘र्यान बेकर’ नामका दुई रजिस्टरमा दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ । उनले ‘क्यासएप’बाट पनि १४ अर्ब ७४ करोड ३२ लाख रूपैयाँभन्दा बढीको कारोबार गरेको अभियोजनपत्रमा उल्लेख छ । यस्तै आशीषले क्रिप्टोकरेन्सीका विभिन्न वालेटबाट ९६ अर्बभन्दा बढी र क्यासएपबाट एक अर्ब १४ करोड ९८ लाख रूपैयाँभन्दा बढीको कारोबार गरेको अनुसन्धानले देखाएको छ । पक्राउ अन्य अभियुक्तले पनि करोडौं दरमा अवैध कारोबार गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार