वडाद्वारा विपन्न मजदुरको बिमा गर्न सुरु
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १३:२८:६
१५ माघ, जानकी 'बाँके', १५ माघ स् नेपालगन्ज उपमहानगरपालिका–१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो ।
म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाअध्यक्ष प्रमोद रिजालले बताए । उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।
वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बिमा गरिने छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन् ।
वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा रू दुई सय ७९ र ५५ वर्षको उमेर भएकाको रू एक हजार एक सय ३५ तिरेर बिमा गरिने जानकारी दिए । बिमाबापतको रकम वडा कार्यालयले दिने छ ।
“बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ”, रिजालले भने । उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो ।
रू एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा निजका परिवारले रू दुई लाख र क्रियाखर्च रू २५ हजार उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
कृषि मेलाबाट हजारौं किसान लाभान्वित
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार