वालिङ महोत्सव उद्घाटन सत्रका प्रमुख अतिथि अझै अन्योलमा, विवादको चुरो के हो ?
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १४:५६:४
१५ माघ, काठमाडौं । यही माघ १८ गते उद्घाटन गरिने आठौं वालिङ महोत्सव फेरि विवादमा तानिएको छ । महोत्सव घोषणा गरिएको दिनदेखि नै विवादमा मुछिएका वालिङ उद्योग वाणिज्य संघ र आठौं वालिङ महोत्सव आयोजक समिति महोत्सवको सँघारमा पुनः विवाद तानिएको हो ।
महोत्सव उद्घाटनमा कांग्रेस पार्टीभित्रका कुन नेतालाई ल्याउने भन्ने विषयमा वालिङका संस्थापन र इतर पक्षबीच विवाद हुँदा अझै प्रमुख अतिथि को भन्ने टुङ्ग्याइएको छैन । संस्थापन पक्षधरले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ल्याउन उद्योग वाणिज्य संघका पदाधिकारीलाई दवाब दिइरहेका छन् भने इतर पक्षले संघीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई ल्याउनुपर्ने दबाव दिइरहेका छन् ।
पार्टी भित्रको दुई गुटको ठाडो हस्तक्षेप उद्योग वाणिज्य संघ र कार्यसमिति माथि भइरहँदा संघको नेतृत्व भने टुलुटुलु हेरिरहेको छ । संघका अध्यक्ष चेतनारायण श्रेष्ठले प्रमुख अतिथिको टुङ्गो आजभोलिमा लाग्ने बताए । अध्यक्ष श्रेष्ठले भने, ‘केही प्राविधिक कारणले महोत्सव उद्घाटनका प्रमुख अतिथि टुङ्ग्याउन सकिएको छैन । सम्भवतः भोलिसम्म निर्णय गर्नेछौं ।’ उनले घुमाउरो पारामा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाउने बताएका छन् ।
बजारमा उद्घाटनको सम्मुखमा प्रमुख अतिथिको टुंगो नलाग्दा महोत्सव उद्घाटन खल्लो हुने देखिएको स्थानीयले जनाएका छन् । वालिङमा हुने हरेक सार्वजनिक कार्यक्रममा कांग्रेस भित्रको लडाइँले वालिङलाई बदनाम गर्दै आएको स्थानीयबासीहरु बताउँछन् । यसपालि पनि वालिङ कांग्रेसभित्रको दुई गुट (प्यानल)मा प्रमुख अतिथि कसलाई ल्याउने भन्ने बारे विवाद हुँदा महोत्सव उद्घाटन समारोह खल्लो हुने देखिएको हो ।
वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले प्रमुख अतिथिको विषयमा कार्यसमितिको बैठकबाट आधिकारिक निर्णय अझै नभएको बताए । ‘संघको बैठकबाट कसलाई प्रमुख अतिथि बनाउने भन्ने बारे निर्णय भएको छैन’, उनले भने, ‘साँझसम्म टुङ्ग्याउने कसरत हुँदैछ ।’ प्रमुख अतिथि कसलाई बनाउने र ल्याउने भन्ने विषयमा छलफल हुँदा अनौपचारिक रुपमा अध्यक्षलाई जिम्मा दिइएको उनले बताए ।
नेपाली कांग्रेस वालिङ नगर कार्यसमितिका सभापति नेत्रप्रसाद पाण्डेले महोत्सवमा प्रमुख अतिथिको विषयमा छिट्टै आधिकारिक निर्णय गरिने जानकारी दिए । उनले भने, ‘पार्टीमा त्यस्तो कुनै विवाद छैन । साथीभाइसँग बसेर छिट्टै निर्णय गर्नेछौं ।’ पार्टीभित्र अनौपचारिक रुपमा धनराज गुरुङलाई ल्याउने सहमति भएको उनले बताए । पार्टीको केन्द्रीय उपसभापति एवं वहालवाला मन्त्री भएकाले गुरुङलाई नै ल्याउनुपर्ने उनको तर्क छ ।
उद्योग वाणिज्य संघको नजिर अनुसार महोत्सवमा संस्थाको नेतृत्ववाला दलले उद्घाटनमा प्रमुख अतिथि ल्याउने र समापनमा इतर पक्षले ल्याउँदै आएका छन् । पहिलो देखि सातौं महोत्सव सम्पन्न हुँदा यही नजिर अनुसार संघ चल्दै आएको छ । उद्घाटन कांग्रेसका नेता वा मन्त्री ल्याएर गरिए पनि समापन भने एमाले नेताले गर्ने नजिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार