स्याङजा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेसका तीन गुट चुनावी मैदानमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १७:५१:२
१५ माघ, स्याङजा । नेपाली कांग्रेसको भातृ संगठनको झल्को दिने गरी स्याङ्जा उद्योग वाणिज्य संघको १६ औं अधिवेशनमा फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । भोलि अर्थात माघ १६ गते नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा कांग्रेसभित्रकै उद्योगी, व्यापारी र व्यवसायीहरू तीन प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसका संस्थापन र इतर पक्ष फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । अध्यक्ष पदका लागि चारजना प्रतिस्पर्धी मैदानमा छन् । नारायण प्रसाद ढकाल, महादेव श्रेष्ठ, राजन प्रसाद घिमिरे र हिक्मत श्रेष्ठ आगामी नेतृत्वका लागि चुनावी मैदानमा छन् ।
निवर्तमान उपाध्यक्ष समेत रहेका हिक्मत श्रेष्ठलाई संस्थापन पक्ष र महादेव श्रेष्ठलाई इतर पक्षको साथ रहेको बुझिएको छ । हिक्मतलाई नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र भागवतप्रकाश मल्ल र पूर्व वरिष्ठ उपाध्यक्ष महादेव श्रेष्ठलाई राजु थापा, संघका पूर्व अध्यक्षहरू लगायतको साथ रहेको बुझिएको छ । उता नारायण प्रसाद ढकाल र राजन घिमिरेलाई पार्टीका कुनै नेताको आर्शीवाद मिलेको छैन ।
वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा र भीम कुमार श्रेष्ठ भिड्दै छन् । अर्जुन महादेव प्यानलबाट र श्रेष्ठ हिक्मतको प्यानलबाट चुनाव लड्दैछन् । महासचिवमा तीनजनाले प्रतिस्पर्धा गर्दैछन् । आशिष लम्साल, मोहम्मद सरिफ मियाँ र रविन्द्र के.सी रहेका छन् । आशिष महादेव प्यानलबाट, रवीन्द्र- हिक्मत र नारायण ढकाल प्यानलबाट चुनावी मैदानमा छन् । मियाँलाई भने कुनै समूहले प्यानलमा राखेका छैनन् ।
सचिवमा पत्रकार समेत रहेका प्रकाश डोटेल र रामप्रसाद लम्साल प्रतिस्पर्धाको मैदान छन् । डोटेल हिक्मत प्यानलबाट र लम्साल ढकाल प्यानलबाट प्रतिस्पर्धामा उत्रिका हुन् । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका पूर्व अध्यक्ष समेत रहेका डोटेल लामो समयदेखि स्याङजामा रहेर पत्रकारिता गर्दै आएका छन् ।
सहकोषाध्यक्षमा दीपेन्द्र कुमार श्रेष्ठ र लक्ष्मण प्रधान मैदानमा उत्रिएका छन् । श्रेष्ठ महादेव प्यानल र प्रधान हिक्मत प्यानलबाट रहेको छ । आठ जना सदस्यहरूका लागि १७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये अमृत लामिछाने, कौशिला पौडेल क्षेत्री (करुणा), गणेश अर्याल, छायाँदत्त सापकोटा, पृथ्वीराज अर्याल, मीना कुमारी सुवेदी, मोहम्मद फारुक शाह, युवराज शर्मा, रमेश कुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रिमल नेपाली, शुलभ श्रेष्ठ, सुजन पोखरेल, सुदर्शन रेग्मी, सूर्यप्रसाद शर्मा (लामिछाने), सुष्मा श्रेष्ठ र हिटलर पौडेल मैदानमा छन् ।
कसको प्यानलमा को ?
महादेव प्यानलः
अध्यक्षः महादेव श्रेष्ठ
वरिष्ठ उपाध्यक्षः अर्जुन थापा
महासचिवः आशिष लम्साल
कोषाध्यक्षः दीपेन्द्र कुमार श्रेष्ठ
सदस्यहरुः
छाँयादत्त सापकोटा
पृथ्वीराज अर्याल
मीनाकुमारी सुवेदी
मोहम्मद फारुक शाह
युवराज शर्मा
सूर्यप्रसाद शर्मा (लामिछाने)
हिटलर पौडेल
रमेश कुमार श्रेष्ठ
हिक्मत प्यानलः
अध्यक्षः हिक्मत श्रेष्ठ
वरिष्ठ उपाध्यक्षः भीमकुमार श्रेष्ठ
महासचिवः रवीन्द्र केसी
सचिवः प्रकाश डोटेल
कोषाध्यक्षः लक्ष्मण प्रधान
सदस्यहरूः
अमृत लामिछाने,
कौशिला पौडेल क्षेत्री (करुण),
गणेश अर्याल,
राजेन्द्र श्रेष्ठ
रिमल नेपाली,
शुलभ श्रेष्ठ,
सुदर्शन रेग्मी,
सुष्मा श्रेष्ठ
नारायण ढकाल प्यानलः
अध्यक्षः नारायण ढकाल
वरिष्ठ उपाध्यक्षः अर्जुन थापा
महासचिवः रविन्द्र के.सी.
सचिवः रामप्रसाद लम्साल
कोषाध्यक्षः लक्ष्मण प्रधान
सदस्यहरुः
अमृत लामिछाने,
कौशिला पौडेल क्षेत्री (करुण),
गणेश अर्याल,
छायाँदत्त सापकोटा,
मोहम्मद फारुक शाह,
सुजन पोखरेल,
सुदर्शन रेग्मी,
सूर्यप्रसाद शर्मा (लामिछाने),
र हिटलर पौडेल
राजनप्रसाद घिमिरेले भने हालसम्म प्यानल सार्वजनिक गरिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
असार ३, २०८१ सोमबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार