३३ र ६१ केजी सुन तस्करीबारे सीआईबी प्रमुख किरण बज्राचार्य र गोरेसँग जाँचबुझ आयोगले लियो बयान
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १५:५४:४६
१७ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले ६१ केजी सुन तस्करीबारे सीआईबी प्रमुख किरण बज्राचार्य र ३३ केजी सुन प्रकरणमा योजनाकार मानिएका चूडामणि उप्रेती ’गोरे’सँग बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको आयोगका एक सदस्यले जानकारी दिएका छन् ।
६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको बताइएको छ । त्यस क्रममा बज्राचार्यले त्यो विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको समितिका ती सदस्यले बताए । समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ ।
भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो भन्दै आयोगले सोधपुछ गरेको हो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूसँग बयान लिइरहेको छ । केही अघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको छ । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो ।
अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो । आयोगले आजै ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरूसँग पनि छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरूसँग सुन प्रकरणबारे सोधपुछ गरेको हो ।
यस्तै सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले बहुचर्चित साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्ये एक चूडामणि उप्रेती ’गोरे’सँग बुधबार बयान लिएको जनाएको छ ।
केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी ‘गोरे’सँग आयोगले सिंहदरबारमा बयान लिएको हो । आयोगले साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको साढे ६० किलो सुनबारे अनुसन्धान गरेको सीआईबी प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ गरेको हो ।
लामो अनुसन्धान गरेका सीआईबीका अधिकारीसँग सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोगका लागि सोधपुछ गरिएको आयोगले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा तस्करीको सुन भित्रिएकोबारे छानबिन गर्न सरकारले गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो ।
आयोगको सदस्यहरूमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन। सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सकेर सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन दिन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार